नेभिगेशन
सबै कुरा

मन्त्रीपरिषद्काे निर्णय : सय रुपैँयाको नोटमा चुच्चे नक्सा राख्ने, ६ सचिवको सरुवा

काठमाडाैँ । मन्त्रीपरिषद् बैठकले सय रुपैँयाको नोटमा चुच्चे नक्सासहितको तस्विर राख्ने निर्णय गरेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्ने निर्णय गर्दै सो का लागि नेपाल राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

त्यस्तै आजको बैठकले ६ जना सचिवको सरुवा समेत गरेको छ ।  बैठकले दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गणेश पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालय, दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रेवतीरमण पौडेललाई कृषि विकासमा र गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...