नेभिगेशन
सबै कुरा

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छः अध्यक्ष ओली

नवलपरासी । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।  

एमाले पश्चिम नवलपरासीको नवौा जिल्ला अधिवेशनको आज  उद्घाटन सत्रमा उनले एमालेलाई  राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक भएको बताए । “मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ  । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ । ” 

यसैबीच अध्यक्ष ओलीले आज  पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन ग।ेका छन् । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका थिए । 

अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गरेका छन्।  सो अवसरमा उनले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे । “तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर हामिले अहिलेसम्म पनि यो आवाज उठाउँदै आईरहका छौ,” उनले भने । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...