नेभिगेशन
सबै कुरा

कटारी अस्पताललाई ५० बेड क्षमताको बनाउने कोशी सरकार निर्णय

उदयपुर । उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरवृद्धि गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफू निर्वाचित भएसँगै कटारी अस्पताललाई स्तर उन्नति गरी थप सेवा दिने बनाउन आफू लागि परिरहेको बताउँदै कोशी  प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्रीले आउने दिनमा अस्पतालको सेवा थप प्रभावकारी बन्नेछ भन्ने विश्वास व्यक्त गरे ।

Ncell
Extreme Energy

यहाँका जनतालाई स्वास्थ सहज रुपमा पाउन कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लानु पर्ने आवश्यकता रहेकाले यो निर्णय गरिएको मन्त्री खत्रीको भनाई छ । सेवा विस्तार गरी आम नागरिकले स्वास्थ सेवा घर नजिकको अस्पतालमा पाउन सके केही हद सम्म राम्रो हुन्थो भन्ने लागेर कटारी अस्पताललाई प्रादेशिक अस्पताल बनाउन मुख्यमन्त्री केदार कार्की समक्ष विशेष जोड गरेको मन्त्री खत्रीले बताए ।

कटारी अस्पताल कटारीको स्थानियले मात्र सेवा लिने अस्पताल नभई सोलुखुम्बुु, ओखलढुंगा, खोटाङ,उदयपुर, र आधा भूभाग सिन्धुली र सिराहा सम्मका स्थानियले सेवा लिने सक्ने मन्त्रीले बताए

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।