नेभिगेशन
सबै कुरा

वेष्टइण्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौँ । टी–२० खेलको अन्तिम खेलमा वेष्टइण्डिज ए ले  नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको हो । 

वेष्टइण्डिज ए का एलिक एथानाजेले ४२ रन, रोस्टन चेसले ३३, जोनसन चार्ल्सले २४, कदिम एलियन र मार्क दयालले समान ११ रन बनाए । त्यस्तै म्याथ्फु फर्डले २३, फबिएन एलेनले ३ र गुणाकेश मोती १ रन जोडे । 

बलिङतर्फ सोमपाल कामी र स्पिनर सागर ढकालले समान ३ विकेट लिए भने अभिनाश बोहराले १ विकेट लिए ।

उक्त शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो । 

आजको खेलमा नेपालले वेस्ट इन्डिजसको ए टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् । 

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह,...
एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको...
मूलपानीस्थित कार्यालयमा क्यानको बोर्ड बैठक सुरु

मूलपानीस्थित कार्यालयमा क्यानको बोर्ड बैठक सुरु

एनपीएलको पहिलो संस्करण, सोको आर्थिक विवरण पेस हुने बताइएकाे छ । पहिलो संस्करणको हिसाव पारदर्शी नभएको भन्दै असन्तुष्ट पक्षले हिसाब अनुमोदन नगर्ने बताउँदै आएका छन् ।
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको...