नेभिगेशन
सबै कुरा

माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

म्याग्दी । क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका(२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माटोमा अम्लियपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गरिएको हो । बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले माटो तथा मल प्रयोगशाला पोखराको सहयोगमा किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गर्न थालेको जानकारी दिए। 

Ncell
Extreme Energy

“गत मङ्सिरमा तीन सय ८२ किसानको माटो परीक्षण गर्ने क्रममा दुई सय ६५ वटा नमूना माटोमा अम्लियपना अत्यधिक भेटिएको थियो,” उनले भने “प्रयोगशालाका प्राविधिकहरुको सिफारिसमा माटोको उपचार गर्न कृषि चुन वितरण सुरु गरेका हौँ ।” 

प्रयोगशालाले ज्यामरुककोटका लागि ६० हजार किलो कृषि चुन उपलब्ध गराएको छ । प्रतिकिलो रु १० मूल्य पर्ने कृषि चुनका लागि कृषकले रु २।५ तिर्नुपर्नेछ । रासायनिक विषादी र मलको अधिक प्रयोगका कारण माटोको अम्लियपना बढेकाले कृषि चुनले माटो उपचार गर्न सिफारिस गरिएको प्रयोगशालाका प्राविधिक खुमराज बरालले बताए । 

“उत्पादन छिटो र धेरै लिन रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ । यसले कृषकलाई क्षणिक फाइदा दिए पनि माटोको गुणस्तरमा असर पु(याएको छ,” उनले भने, “यस्तो अवस्थामा दीर्घकालीन रूपमा उत्पादनमा कमी हुने गर्दछ, प्रत्येक ३÷३ वर्षमा कृषि चुन प्रयोग गर्नुपर्छ ।” 

बेनी नगरपालिका–२ खबराका अगुवा कृषक सोवित शर्माले रासायनिक मल र विषादीको प्रयोग घटाउन एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरिएको बताए । गत वर्ष भकुण्डेमा सञ्चालन गरिएको आइपिएम कृषक पाठशाला यसपालि बगरफाँटमा सञ्चालन भएको उनले बताए । बेनी नगरपालिकाले वडा नं ३ भकिम्लीमा पनि हालै माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।