नेभिगेशन
समाज

‘मेरो नागरिकताबारे भ्रमपूर्ण प्रचार गरियो’ - कैलाश सिरोहिया

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाले आफ्नो नागरिकताका विषयमा भ्रमपूर्ण सामाग्री प्रचार भएको दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरामा वैशाख १८ गते प्रकाशित ‘कान्तिपुरका सञ्चालक कैलाश सिरोहियाको नागरिकतामै कैफियत’ शिर्षकको समाचार र उक्त समाचारको भिडियो सामग्रीले आफ्नोबारे भ्रमपूर्ण प्रचार भएको सिरोहियाले सिधाकुरालाई शनिबार प्रेशित गरेको खण्डनमा उल्लेख छ ।

Ncell
Extreme Energy

वैशाख १६ गते सिरोहियाको नागरिकतामा कैफियत रहेको  भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएपछि १८ वैशाखमा सिधाकुराले उक्त समाचार प्रकाशन/प्रसारण गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भुवनेश्वर तिवारीकाअनुसार सो जाहेरीमाथि अनुसन्धान अघि बढेको छ । तर, सिरोहियाले भने आफ्नो नागरिकताको विवादलाई अन्यत्रै प्रसंगसँग जोडेर सिधाकुरालाई खण्डन पठाएका छन् ।


सिरोहियाले सिधाकुरालाई पठाएको खण्डनमा सिधाकुराले १४ वैशाखमा प्रकाशित गरेको समाचार र त्यस सन्दर्भमा अदालतमा विचाराधिन विषयसँग जोडेका छन् ।

जबकी  उनको नागरिकतामा रहेको कैफियतबारे १६ वैशाखमा धनुषामा जाहेरी परेको हो । सिरोहियाले प्रेसित गरेको खण्डनमा आफ्नो फोटो र नागरिकताबारे भ्रम प्रसार गरी आफ्नो तस्वीरमा ‘अ फेक सिटिजन’ भनी लेवल गरिएकामा आपत्ति जनाएका छन् । 

‘तपाईंहरुको अनलाइन तथा युट्युब च्यानलबाट मेरो नागरिकताबारे भ्रम प्रसार गरी मेरो तस्बिरमा ‘अ फेक सिटिजन’ भनेर ‘लेबलिङ’ गरेकामा मेरो गम्भीर आपत्ति छ । देशको सार्वभौम नागरिकलाई ‘फेक सिटिजन’ भनिएकाले मेरो मानमर्दन मात्र भएको छैन, नागरिकतासम्बन्धी देशको कानुन र राज्यका निकायले जारी गरेको आधिकारिक दस्तावेजलाई पनि अपमान भएको छ,’ सिरोहियाले हस्ताक्षर गरेर प्रेसित गरेको खण्डन पत्रमा भनिएको छ, ‘नागरिक, सरकारी दस्तावेज र राज्यको कानुनमाथि धावा बोल्ने काम भएकाले माफी मागी, भ्रमपूर्ण सामग्रीको खण्डन प्रकाशित गर्नुहुन अनुरोध गर्दछु ।’

यस्तो छ सिरोहियाले प्रेसित गरेको खण्डनको निवेदन 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।