नेभिगेशन
सबै कुरा

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीलाई भने 'जीबी राईलाई नेपाल झिकाउन सहयोग गरिदिनुस्'

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई नेपाल फिर्ता पठाइदिने वातावरण बनाउन  मलेसियाका गृह मन्त्रीलाई आग्रह गरेका छन् । दुई नेताबीचको टेलिफोन संवादमा मलेसियाका गृहमन्त्री सिफुद्धिन नासुसन बिन इजमाललाई यस्तो आग्रह गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले नेपालमा सहकारी ठगेर मलेसियामा आश्रय लिइरहेका राईलाई जसरी भएपनि नेपालमा बुझाइदिन मन्त्री इजमाललाई आग्रह गरेका थिए । नेपालको सो आग्रहमा मलेसिया सकारात्मक रहेको पनि गृहमन्त्रालयले जनाएको छ। 

Ncell
Extreme Energy

टेलिफोन कुराकानीमा गृहमन्त्री लामिछानेले मलेसियामा रहेका नेपाली श्रमिकको सुरक्षाका बारेमा पनि त्यहाँका गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।