नेभिगेशन
सबै कुरा

ललितपुरमा आगलागी : एकै घरका ५ जना घाइते

ललितपुर । ललितपुरको महालक्ष्मीमा आगलागीमा परि एकै परिवारका पाँच जना घाइते भएका छन् । महालक्ष्मी नगरपालिका–१७ बाफलको एक टहरोमा आगलागी हुँदा ३ जनाको अवस्था गम्भिर छ भने २ जना घाइते भएका छन् । 

घाइते हुनेमा टहरोमा बस्दै आएका सञ्जय गिरी, उनकी श्रीमती रुपा गिरी, उनका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा गिरी रहेका छन् । उनीहरुको उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले बताए  । 

Global Ime Bank

प्रहरीका अनुसार उक्त टहरामा मोबिल भरेर राखिएको थियो र उक्त मोबिल खन्याउने क्रममा आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।  

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका हुन् ।
निर्माणस्थलमा आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर (तस्बिरहरु)

निर्माणस्थलमा आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर (तस्बिरहरु)

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको टावर काठमाडौँ आइपुगेका छन् ।
रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले रसुवागढी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्ना तीन महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्।
बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ ।

भर्खरै