नेभिगेशन
सबै कुरा

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

काठमाडौँ । जापानकी विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज कठमाडौँ आइपुगेकी छिन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् ।   

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । 

Global Ime Bank

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् । 

भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्नेछिन् । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका हुन् ।
निर्माणस्थलमा आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर (तस्बिरहरु)

निर्माणस्थलमा आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर (तस्बिरहरु)

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको टावर काठमाडौँ आइपुगेका छन् ।
रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले रसुवागढी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्ना तीन महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्।
बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ ।

भर्खरै