नेभिगेशन
सबै कुरा

काठमाडौँको वायु अझै अस्वस्थ, आज फेरि विश्वकै दोस्रो प्रदुषित सहरको रुपमा सूचीकृत

काठमाडौँ । आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)  एक सय ७७ पुगेको छ । 

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई०  एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई०  एक सय ९५ पुगेको थियो । शनिवार भने घटेर वायु गुणस्तर सूचकांक ९एक्यूआई०  एक सय ८५ रहेको थियो । 

Global Ime Bank

एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरको रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई०  दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ । 

सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोको कारण वायु प्रदुषण पनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौँ उपत्यका लगायतका मुख्य सहरमा प्रदुषण बढेर वायु नै अस्वस्थ रहेको छ । 

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदुषण बढ्ने गरेको भन्दै सतर्कता अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोको धुवाँका कारण वायु अस्वस्थ्य भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो । 

विभागका अनुसार यसअवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्र्रता र सुक्खा मौसम जस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारण जस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदुषित धुवाँ धुलोबाट वायु प्रदुषण हुने गरेको पाइएको छ । विभागका महानिर्देशक भूपाल बराललले पछिल्लो समय बढ्दै गइरहको  वन डढेलोको कारण प्रदुषण बढेको भन्दै अन्तरनिकायबीचको समन्वय बढाएर डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । 

“हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले धन जनको क्षतिका विवरण प्राप्त भइरहेका छन्”,  उनले भने, “भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरण बमोजिम सन् २०२४ को सुरुवातबाट हालसम्म एक हजार छ सय ५३ वटा डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायु प्रदुषण बढेको पाइएको छ ।” 

डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागि रहेको वन डढेलोसँगै प्रदु्षण पनि बढिरहेको भन्दै डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । 

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात  हरियो चिन्हले चिनिन्छ । “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार होऔँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ्य जसमा श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ ।” उनले भने, “१५१ देखि २०० देखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथको रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक  र चार सय एक देखि ५० लाई धेरै खतरा मानिएको छ ।”

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फर्किएकी विद्या, तर्सिएका ओली !

फर्किएकी विद्या, तर्सिएका ओली !

ओलीसँग अब न सपना देखाउने सामर्थ्य छ। न उनले देखाएको सपना नागरिक पत्याउँछन्। आफूले देखाएको पूरानै सपनाको बोझले ओली नराम्ररी थलिएका छन्। गलितम् देखिन्छ उनको अनुहार। त्यसैले २०७२...
सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता भएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार बिहान उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

पुरानो बसपार्कस्थित काठमाडौं टावर (भ्यू टावर) निर्माणमा काठमाडौं महानगरपालिकाले लगाएको रोकलाई उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत स्थगित गरिदिएको छ। अदालतको आदेशसँगै निर्माण कम्पनीले काम निरन्तरता दिन कानुनी बाटो...