नेभिगेशन
सबै कुरा

काठमाडौँको वायु अझै अस्वस्थ, आज फेरि विश्वकै दोस्रो प्रदुषित सहरको रुपमा सूचीकृत

काठमाडौँ । आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)  एक सय ७७ पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई०  एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई०  एक सय ९५ पुगेको थियो । शनिवार भने घटेर वायु गुणस्तर सूचकांक ९एक्यूआई०  एक सय ८५ रहेको थियो । 

Extreme Energy
Everest cinsult

एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरको रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई०  दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ । 

सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोको कारण वायु प्रदुषण पनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौँ उपत्यका लगायतका मुख्य सहरमा प्रदुषण बढेर वायु नै अस्वस्थ रहेको छ । 

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदुषण बढ्ने गरेको भन्दै सतर्कता अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोको धुवाँका कारण वायु अस्वस्थ्य भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो । 

विभागका अनुसार यसअवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्र्रता र सुक्खा मौसम जस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारण जस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदुषित धुवाँ धुलोबाट वायु प्रदुषण हुने गरेको पाइएको छ । विभागका महानिर्देशक भूपाल बराललले पछिल्लो समय बढ्दै गइरहको  वन डढेलोको कारण प्रदुषण बढेको भन्दै अन्तरनिकायबीचको समन्वय बढाएर डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । 

“हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले धन जनको क्षतिका विवरण प्राप्त भइरहेका छन्”,  उनले भने, “भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरण बमोजिम सन् २०२४ को सुरुवातबाट हालसम्म एक हजार छ सय ५३ वटा डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायु प्रदुषण बढेको पाइएको छ ।” 

डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागि रहेको वन डढेलोसँगै प्रदु्षण पनि बढिरहेको भन्दै डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । 

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात  हरियो चिन्हले चिनिन्छ । “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार होऔँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ्य जसमा श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ ।” उनले भने, “१५१ देखि २०० देखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथको रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक  र चार सय एक देखि ५० लाई धेरै खतरा मानिएको छ ।”

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।
इजरायल सहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८२ चैत ३१ को मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुनस् श्रम स्वीकृति खुला गरिएको हो ।
मन्त्री बन्न नपाएपछि दोर्ण कुमारले दिए प्रदेश सांसदबाट राजीनामा

मन्त्री बन्न नपाएपछि दोर्ण कुमारले दिए प्रदेश सांसदबाट राजीनामा

कुँवर मन्त्री बन्ने लबिङमा रहेपनि अन्मित अवस्थामा मन्त्री हुन नपाएपछि आक्रोशमा राजीनामा दिएको हुन सक्ने नेपाली कांग्रेस गण्डकीकै नेताहरुले बताएका छन् । कांग्रेसका एक नेताले भने कुँवर जी...