नेभिगेशन
सबै कुरा

‘ड्युटी’मा रहेका प्रहरीलाई हातपात गर्दा ...

स्याङ्जा । स्याङ्जामा ‘ड्युटी’मा रहेका प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१३ बायँटारीस्थित झोलुङ्गे बजारमा झैझगडा मिलाउने क्रममा प्रहरीमाथि हातपात गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

गएराति मादक पदार्थ सेवन गरी झैझगडा गरिरहेको जानकारी प्राप्त भएपछि घटनास्थलमा पुगेर सम्झाई–बुझाई गर्ने क्रममा प्रहरीलाई नै कुटपिट गरी घाइते बनाएका थिए । प्रहरी चौकी थुमपोखराबाट खटिएका प्रहरीलाई घाइते बनाएका स्याङ्जाको वालिङ–१२ कोखे बस्ने २८ वर्षीय रविन गुरुङ, सोही ठाउँ बस्ने २५ वर्षीय काजी गुरुङ र कोखेकै २४ वर्षीय सुदीप गुरुङलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको हो ।

City Express

“मादक पदार्थ सेवन गरी साथी–साथीबीच कुटपिट तथा झगडा गरेका रहेछन्,” प्रहरी प्रवक्ता रानाले भने, “प्रहरीलाई जानकारी आएपछि घटनास्थलमा गएर सम्झाई–बुझाई गर्दै गर्दा उल्टै प्रहरीलाई नै कुटपिट गरी घाइते बनाए ।”

प्रहरी चौकी थुमपोखरामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत मनोजकुमार सिंहको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सिंहको अवस्था खतरामुक्त रहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै