नेभिगेशन
सबै कुरा

हिरासत छल्न अस्पताल बस्ने प्रवृत्तिमा गृहको कडाइ, चिकित्सकले सिफारिस गरेकै भरमा अस्पताल बस्न नपाइने

काठमाडाैँ । अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्ति बिरामी भएको बहानामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई गृह मन्त्रालयले कडाइ गरेको छ । हिरासत छल्न बहानाबाजी गरी अस्पताल बस्ने प्रवृत्ति अन्त्य गर्नका लागि गृह मन्त्रालयले केही अवस्थामा मात्र अस्पताल बस्न पाउने व्यवस्था मिलाएको हाे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिरासतमा भएकालाई चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएको भन्दै विरोध भएपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सो प्रवृत्ति अन्त्य गर्न कस्ता बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने र कस्तालाई हिरासतमै राखेर उपचार गर्न सकिनेबारे जिज्ञासा राखेको थिए ।  त्यस्तै उनले साे सम्बन्धमा नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन भनेका थिए । काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले सोही अनुरुप ३ बुँदे निर्णय र सम्बन्धित निकायहरुलाई निर्देशन समेत गरेको छ ।

Ncell
Extreme Energy

अब शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ भएको अवस्था र दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्था भएका बिरामीले मात्रै अस्पताल भर्ना हुन पाउने भएका छन् ।

अस्पताल भर्ना गर्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर मात्र अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्नुपर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउन मन्त्रालयले निर्देशन दिएको छ । 

३ बुदे निर्णय र निर्देशन दिँदै गृहमन्त्री लामिछानेले स्वास्थोपचार सबैको हक भएपनि त्यस्को दुरुपयोग हुने गरेकाे भन्दै सबैलाई समान व्यवहार गर्न उक्त निर्णय गरेको बताए । ‘आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो। राज्यले त्यो हक सुरक्षित गर्छ नै । तर, कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही ‘क्लज’ राख्ने निर्णय भएको हो’ मन्त्री लामिछानेले भने।

प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलव्ध गराउने हालको कानूनी प्रवन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो। 

गृहको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले डा. विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।