नेभिगेशन
सबै कुरा

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन माग गर्दै प्रधानमन्त्री कार्यालयलाई रास्वपाका ४ मन्त्रीको पत्र (पत्रसहित)

काठमाडाैँ । आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चारै जना मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् । सोमबार उनीहरु पत्र लेख्दै सम्पत्ती विवरण सार्वजनिक गरिदिन आग्रह गरेका हुन्। 

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको पत्रमा आफूहरुले सम्पत्ती विवरण उपलब्ध गराइसेका कारण उक्त विवरण सार्वजनिक गरिदिन आग्रह गरेका छन् । उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेले भनेका छन्, ‘मैले गृहमन्त्रीको रुपमा बहाली गरेपश्चात कानुनले तोकेको समयावधि भित्रै मिति २०८१÷०१÷०४ गते तहाँ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएको मेरो सम्पत्ति विवरण सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछु ।’

City Express

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्री डोलप्रसाद अर्याल, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले समेत आफूहरुले सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् ।  

उनीहरुले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम सञ्चारमाध्यमले थाहा पाउन पाउनुपर्ने भन्दै सार्वजनिक गरिदिन आग्रह गरेका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...