नेभिगेशन
सबै कुरा

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन माग गर्दै प्रधानमन्त्री कार्यालयलाई रास्वपाका ४ मन्त्रीको पत्र (पत्रसहित)

काठमाडाैँ । आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चारै जना मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् । सोमबार उनीहरु पत्र लेख्दै सम्पत्ती विवरण सार्वजनिक गरिदिन आग्रह गरेका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको पत्रमा आफूहरुले सम्पत्ती विवरण उपलब्ध गराइसेका कारण उक्त विवरण सार्वजनिक गरिदिन आग्रह गरेका छन् । उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेले भनेका छन्, ‘मैले गृहमन्त्रीको रुपमा बहाली गरेपश्चात कानुनले तोकेको समयावधि भित्रै मिति २०८१÷०१÷०४ गते तहाँ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएको मेरो सम्पत्ति विवरण सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछु ।’

Ncell
Extreme Energy

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्री डोलप्रसाद अर्याल, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले समेत आफूहरुले सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् ।  

उनीहरुले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम सञ्चारमाध्यमले थाहा पाउन पाउनुपर्ने भन्दै सार्वजनिक गरिदिन आग्रह गरेका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।