नेभिगेशन
सबै कुरा

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडाैँ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा नाम जोडिएका कारण संसदीय छानबिनको माग कायम गर्दै संसदमा आफ्ना कुरा राख्न दिने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

यसअघिको हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको थियो । त्यस्तै कांग्रेसले समिति नबनाउँदासम्म गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्नसमेत दिएको थिएन। तर यसपटक भने लामिछानेलाई आफ्ना कुरा संसदमा राख्न दिने कांग्रेसले निर्णय गरेको छ । 

त्यस्तै कांग्रेसले रवि लामिछानेलाई गृहमन्त्रीको रुपमा आफ्ना कुरा राख्न नभई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको छ। त्यस्तै उनीविरुद्ध छानबिन गर्न संसदीय छानबिन समिति नबनाउँदासम्म सदनका विभिन्न कामकारबाही चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ ।  

संसद्‌का बर्खे अर्थात् बजेट अधिवेशन आज सुरु हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दै छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै