नेभिगेशन
सबै कुरा

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडाैँ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा नाम जोडिएका कारण संसदीय छानबिनको माग कायम गर्दै संसदमा आफ्ना कुरा राख्न दिने निर्णय गरेको हो । 

Extreme Energy

यसअघिको हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको थियो । त्यस्तै कांग्रेसले समिति नबनाउँदासम्म गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्नसमेत दिएको थिएन। तर यसपटक भने लामिछानेलाई आफ्ना कुरा संसदमा राख्न दिने कांग्रेसले निर्णय गरेको छ । 

त्यस्तै कांग्रेसले रवि लामिछानेलाई गृहमन्त्रीको रुपमा आफ्ना कुरा राख्न नभई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको छ। त्यस्तै उनीविरुद्ध छानबिन गर्न संसदीय छानबिन समिति नबनाउँदासम्म सदनका विभिन्न कामकारबाही चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ ।  

संसद्‌का बर्खे अर्थात् बजेट अधिवेशन आज सुरु हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दै छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।

भर्खरै