नेभिगेशन
सबै कुरा

काभ्रेको पाँचखालमा रुखमा बाँधेर आगो लगाइएको अवस्थामा एक युवकको शव फेला

काभ्रे । काभ्रेको पाँचखालमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ । पाँचखाल नगरपालिका– ४ जिरोकिलो नजिकै एक युवकको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

युवकको शरिरका विभिन्न भागमा फलामको तारले रुखमा कसिएको र त्यसलाई आगो लगाइएको अवस्थामा शव फेला परेको काभ्रे प्रहरीले जनाएको छ ।  ‘शव सडिसकेको अवस्थामा फेला परेको छ ।  शवको मुख, छाती र खुट्टामा तारले बाँधेको अवस्था छ र उनको शरिरमा आगो लगाएको पाइएको छ  ।’, काभ्रे प्रहरी प्रमुख डीएसपी राजकुमार श्रेष्ठले बताए । 

City Express

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उक्त घटना करिब १५/२० दिनअघि नै घटेको देखिन्छ । ‘बिराजे खोल्सा भन्ने एउटा जंगलको खोंच छ । त्यहाँ ती युवकको हत्या गरि जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । थप विवरण संकलन गर्दै छौँ ।’, डीएसपी श्रेष्ठले भने । 

करिब २५ वर्षको उमेर समूहका जस्ता देखिने ती युवकको शव फेला परेको खबर आउनासाथ प्रहरीको टोली त्यसतर्फ खटिएको काभ्रे प्रहरीले जनाएको छ । त्यस्तै घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै