नेभिगेशन
सबै कुरा

काभ्रेको पाँचखालमा रुखमा बाँधेर आगो लगाइएको अवस्थामा एक युवकको शव फेला

काभ्रे । काभ्रेको पाँचखालमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ । पाँचखाल नगरपालिका– ४ जिरोकिलो नजिकै एक युवकको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युवकको शरिरका विभिन्न भागमा फलामको तारले रुखमा कसिएको र त्यसलाई आगो लगाइएको अवस्थामा शव फेला परेको काभ्रे प्रहरीले जनाएको छ ।  ‘शव सडिसकेको अवस्थामा फेला परेको छ ।  शवको मुख, छाती र खुट्टामा तारले बाँधेको अवस्था छ र उनको शरिरमा आगो लगाएको पाइएको छ  ।’, काभ्रे प्रहरी प्रमुख डीएसपी राजकुमार श्रेष्ठले बताए । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उक्त घटना करिब १५/२० दिनअघि नै घटेको देखिन्छ । ‘बिराजे खोल्सा भन्ने एउटा जंगलको खोंच छ । त्यहाँ ती युवकको हत्या गरि जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । थप विवरण संकलन गर्दै छौँ ।’, डीएसपी श्रेष्ठले भने । 

करिब २५ वर्षको उमेर समूहका जस्ता देखिने ती युवकको शव फेला परेको खबर आउनासाथ प्रहरीको टोली त्यसतर्फ खटिएको काभ्रे प्रहरीले जनाएको छ । त्यस्तै घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...