नेभिगेशन
सबै कुरा

‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु

काठमाडौँ । यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका  सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि आरोहण सुरु भएको हो ।     

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार बेलुका ८ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै आरोहण खुलेको छ । “सगरमाथा हिमालचुलीको शिखरसम्म बाटो निर्माण (रोप फिक्सिङ)  सम्पन्न भएको छ । यससँगै टोलीमा संलग्न १० जना आरोहीहरुबाट सर्वोच्च चुलीको यो यामको पहिलो आरोहण सम्पन्न भएको छ”, विज्ञप्तिमा भनिएको छ ।     

City Express

 पर्वतारोही डेन्डी शेर्पाको नेतृत्वमा रोप फिक्सिङ टोलीमा संलग्न सदस्यले सगरमाथाको चुचुरोसम्म सफलतापूर्वक डोरी टाँगेका विभागले उल्लेख गरेको छ । यो आरोहणसँगै सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहणको बाटो खुलेको विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले बताए ।“सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ भएसँगै आरोहणको बाटो खुलेको छ, मौसम अनुकूल रहेकाले अब धमाधम आरोही चुचुरोतर्फ लाग्नेछन्”, उनले भने । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालको निर्णयअनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा हिमालचुलीको दोस्रो शिविरदेखि चुचुरोसम्म हिमाली बाटो निर्माण गर्न पर्यटन विभागबाट  पर्वतारोहण सञ्चालक सङ्घलाई जिम्मेवारी दिइएकामा उक्त सङ्घबाट छनोट भई सेभेनसमिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसमम बाटो बनाउने जिम्मा पाएको थियो ।

सेभेन समिट ट्रेकका फिल्ड म्यानेजर टेण्डी शेर्पाले सगरमाथाको बाटो खोल्ने टोलीलाई आधार शिविरबाट संयोजना गरेका थिए । उक्त टोलीमा  सोलुखुम्बुका पामदोर्जी शेर्पा र नामग्याल दोर्जे तामाङ तथा सङ्खुवासभाका डेन्डी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा रिन्जे शेर्पा, दावा शेर्पा, सुकबहादुर तामाङ र लाक्पा रिन्जी शेर्पा रहेका छन् ।

विभागका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१  समूहका ७५ महिला र ३ सय ३९ पुरुषसहित ४ सय १४ जनाले अनुमति लिएका छन् । अझै केही टोली बढ्नसक्ने विभागको अनुमान छ । यी आरोहीबाट सलामी रकम  ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ राज्यकोषमा दाखिल भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले...
खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई...
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार...
सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि...