नेभिगेशन
सबै कुरा

धरानका उपमेयर बेघाका भाइ माथी खुकुरी प्रहार,

धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ । धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । 

विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी हानेको उपमेयर बेघाले बताए । धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरुको समूहले भाइ विष्णुमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।

CG

धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लका अनुसार घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको छ ।

उपमेयर बेघाले भने प्रहरी सेवा चुस्तदुरुस्त हुन नसकेको गुनासो गरेका छन् । 

उनले इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ललालाई फोन गर्दा पनि प्रहरी समयमा नआएको गुनासो गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।