नेभिगेशन
सबै कुरा

कांग्रेसको दादागिरीले चल्ने ठाउँ हैन संसद : केपी ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले एकोहोरो आरोपमात्र लगाइरहने तर जवाफ दिन नदिएर दादागिरी देखाएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा बोल्दै उनले कांग्रेसले सत्तारुढ दलका सांसदहरुलाई मर्यादाहिन आरोप लगाउँदै आएको र जवाफ दिने प्रयास नगरेको भन्दै उनले संसद कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको बताएका हुन् ।  ‘कांग्रेसका मान्छेहरू एमालेमाथि मर्यादाहीन ढंगले आरोप लगाउँदै उचाल्दै हिँडेका छन् । अहिले सदन पनि एमालेले चल्न नदिएको भनिरहेको छ । कांग्रेसले प्रधानमन्त्री र रवि लामिछानेले पनि चलाउ भनिरहेका छन्, एमालेले चलाउन नदिएको भन्छन् । हामीले पनि चलाउनुपर्छ भनिरहेका छौँ तर, संसद भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन ।’, उनले थपे, ‘विधि र नियमले चल्छ । लोकतान्त्रिक तरिकाले चल्नुपर्छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले संसदमा कांग्रेसले दादागिरी देखाएर रवि लामिछानेले बोल्न नदिए कांग्रेसलाई पनि बोल्न नदिइने बताए । ‘कांग्रेस बोल्न पाउँदा हामीले बोल्न नपाउने ?’, उनले थपे, ‘अर्को दिनबाट हामी पनि बोल्ने हो। कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने ?’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।