नेभिगेशन
सबै कुरा

गृहमन्त्री लामिछाने र स्वीडेनका राजदूत जेन थेलेफबीच भेटवार्ता

काठमाडाैँ । नेपालका लागि स्वीडेनका राजदूत जेन थेलेफले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटघाटको सुरुवातमा राजदूतले मन्त्री लामिछानेलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले नेपाल र स्वीडेनको ऐतिहासिक सम्बन्धको प्रसङ्ग तथा दुई देशबीचको सहयोगका सम्बन्धमा जोड दिएका थिए । उनहरु बीच दुई देशबीच उर्जा, विपद् व्यवस्थापन, भूमि व्यवस्थापन, नागरिक उड्डयन, शान्ति सुरक्षा व्यवस्थापन, युवाको सीप विकास तथा स्वरोजगार लगायतका विषयमा आपसी सहकार्य गर्न सकिने बारेमा महत्वपूर्ण छलफल भएको थियो।

City Express

राजदूतले नेपालको आवश्यकता अनुसार ति क्षेत्रमा सहकार्यका लागि ईच्छुक रहेको पनि बताए। उपप्रधानमन्त्री लामिछानेले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहेको अवगत गराए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...