नेभिगेशन
सबै कुरा

गृहमन्त्री लामिछाने र स्वीडेनका राजदूत जेन थेलेफबीच भेटवार्ता

काठमाडाैँ । नेपालका लागि स्वीडेनका राजदूत जेन थेलेफले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटघाटको सुरुवातमा राजदूतले मन्त्री लामिछानेलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेपाल र स्वीडेनको ऐतिहासिक सम्बन्धको प्रसङ्ग तथा दुई देशबीचको सहयोगका सम्बन्धमा जोड दिएका थिए । उनहरु बीच दुई देशबीच उर्जा, विपद् व्यवस्थापन, भूमि व्यवस्थापन, नागरिक उड्डयन, शान्ति सुरक्षा व्यवस्थापन, युवाको सीप विकास तथा स्वरोजगार लगायतका विषयमा आपसी सहकार्य गर्न सकिने बारेमा महत्वपूर्ण छलफल भएको थियो।

Ncell
Extreme Energy

राजदूतले नेपालको आवश्यकता अनुसार ति क्षेत्रमा सहकार्यका लागि ईच्छुक रहेको पनि बताए। उपप्रधानमन्त्री लामिछानेले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहेको अवगत गराए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।