नेभिगेशन
सबै कुरा

सदनमा लगाइएको आरोपको सदनबाटै जवाफ दिन पाउनुपर्छ, चित्त नबुझे विरोध गर्न पाइने अधिकारको सम्मान गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा बोल्न पाउनुपर्ने बताएका छन् । 

बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भएको छलफलपछि लामिछानले संसदमा आफुले बोल्न पाउनुपर्छ भन्ने बिषयमा छलफल भएको जानकारी दिए । उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैको भएको भन्दै संसदमा आफुमाथि लागेको आरोपको बिषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्ने धारणा राखे । आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उनले बताए । लामिछानले सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज नै उठिसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको उल्लेख गरे । 

City Express

कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले ओली र लामिछानेलाई सिंहदरबारमा छलफलका लागि थिए । एमालेले बुधबार नै संसदीय दलको बैठकमार्फत कांग्रेसले एकतर्फी मात्रै कुरा राख्ने बिषय स्वीकार्य नहुने प्रष्ट पारिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...