नेभिगेशन
सबै कुरा

प्लाष्टिकले र्‍याप गरी निलेर कोकिनकाे तस्करी : ८ करोड बराबरको कोकिनसहित ३ विदेशी महिला पक्राउ

काठमाडाैँ । ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँले २ किलो ६५४ ग्राम कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ जना युगान्डाका र एक जना भारतीय महिला रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै ब्युरोका एसएसपी गोविन्द थपलियाले युगान्डाकी एक महिलाले निलेर पेटमा राखी कोकिन नेपाल ल्याएको बताएका छन् । उनका अनुसार वैशाख ३० गते कतारबाट काठमाडौँ आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगालाले प्लाष्टिकले र्‍याप गरी निलेर कोकिन ल्याएकी हुन् । उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुलहरू निकालिएको प्रहरीले जनाएको छ । 

City Express

त्यस्तै युगान्डाकै अर्की महिला लिलियान सुसन वानयाङजी  १ किलो ३९४ ग्रामसहित गत जेठ २ मा धोबीचौरबाट पक्राउ परेकी छिन भने ३३ वर्षीया भारतीय नागरिक दिवा जनी पल सो कोकिन किन्न धोबीचौर पुगेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै