नेभिगेशन
सबै कुरा

प्लाष्टिकले र्‍याप गरी निलेर कोकिनकाे तस्करी : ८ करोड बराबरको कोकिनसहित ३ विदेशी महिला पक्राउ

काठमाडाैँ । ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँले २ किलो ६५४ ग्राम कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा २ जना युगान्डाका र एक जना भारतीय महिला रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै ब्युरोका एसएसपी गोविन्द थपलियाले युगान्डाकी एक महिलाले निलेर पेटमा राखी कोकिन नेपाल ल्याएको बताएका छन् । उनका अनुसार वैशाख ३० गते कतारबाट काठमाडौँ आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगालाले प्लाष्टिकले र्‍याप गरी निलेर कोकिन ल्याएकी हुन् । उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुलहरू निकालिएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

त्यस्तै युगान्डाकै अर्की महिला लिलियान सुसन वानयाङजी  १ किलो ३९४ ग्रामसहित गत जेठ २ मा धोबीचौरबाट पक्राउ परेकी छिन भने ३३ वर्षीया भारतीय नागरिक दिवा जनी पल सो कोकिन किन्न धोबीचौर पुगेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...