नेभिगेशन
सबै कुरा

एचआईभी संक्रमित ५ वर्षीय बालिकालाई भर्ना भएको १६ दिनमै विद्यालय छोड्न बाध्य बनाइयो

निरज अधिकारी । मध्यनेपाल,लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको एक विद्यालयमा एचआईभी संक्रमित भएको खुलेपछि ५ वर्षकी बालिकामाथि सामाजिक दुर्व्यवहार भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मध्यनेपाल नगरपालिका (४ दुईपिप्ले स्थित भैरवकाली माध्यमिक विद्यालयमा वैशाख ६ मा भर्ना भएकी एक विद्यार्थी एचआईभी संक्रमित भएको भन्दै हल्ला भएपछि वैशाख २२ गते नै विद्यालयबाट निष्कासित भएकी हुन् । 

Extreme Energy
Everest cinsult

अभिभावकले स्थानीय बाल विकासमा पढाउँदै आएका एक बालिकालाई ५ वर्ष पुगेपछि भैरवकालीको एलकेजीमा भर्ना गरेका थिए । तर, उनी एचआईभी संक्रमित भएको खुलेपछि विद्यालयका र अन्य अभिभावकका कारण १६ दिनमै विद्यालय छोड्न बाध्य बनाइएकी हुन् । 

‘भर्ना भएर हाम्रो बच्चा विद्यालय गइरहेकी थिइन् । एक्कासी एकदिन बच्चा पुर्याउन आउने जाने अन्य अभिभावकले यो बच्चा त एचआईभी संक्रमित हो, भनेर हल्ला गरिदिएछन्,’ बाबुले सिधाकुरासँग भने,‘सो पश्चात भोलिपल्ट ४, ५ जना विद्यार्थी गयल भए रे । २, ३ दिन हुँदा समेत विद्यार्थी सो कक्षामा गयल भएछन् । विद्यालयले मलाई बोलाएर भन्यो, कक्षामा विद्यार्थी शून्य भयो भने, कस्ले व्यहोर्छ ?’ 

बिद्यालयले बालिकाका स्थानान्तरण गराउने उद्येश्यका साथ दवाव मुलक प्रश्न सोधेर केरकार गरेको बिद्यार्थीका बाबुले आरोप लगाए । 

उनकाअनुसार लगत्तै आफुले एचआईभी एड्स सम्बन्धी काम गर्ने विभिन्न संघ, संस्था र व्यक्तिलाई फोन गरी कुरा राख्दा समेत केहि सहयोग नहुने अवस्था आएपछि अन्यत्रै बसाइँ सरेका छन् ।  

‘छोरीलाई जसरी पनि पढाउने अठोटले अहिले अर्कै जिल्लाको सदरमुकाममा बसाई सरेको छु,’ बाबुले थपे,‘ म, श्रीमती र छोरीमा संक्रमण छ परिवारका अन्य सदस्यलाई यस्तो संक्रमण छैन ।’

आर्थिक अवस्था न्यून परिवार दुईपिप्लेमा आफ्नै घर भएपनि यस घटनापश्चात भाडाको घरमा छिमेकी जिल्लाको सदरमुकाममा कोठा भाडामा लिएर बस्न बाध्य भएको बालिकाको बुबा बताउँछन् । 

‘यता छोरीको विद्यालय भर्नासँगै, ड्रेस, कापीकलम लगायतका सामाग्रीमा खर्च गरियो । अहिले विद्यालय नै सार्नुपर्ने र घर नै छाडेर परिवार नै डेरामा बस्नुपर्ने भएपछि झन खर्चको भार थुप्रेको छ ।’

यता भैरवकाली माविका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले विद्यार्थीका अभिभावकले आफ्नै हिसाबले अन्यत्र लगेको तर, विद्यालयले निष्कासन नगरेको दाबी गरे । 

‘काउन्सेलिङका कार्यहरू पनि हुँदै आएका छन् । तर, यो विषयमा साना बच्चाहरू झैझगडा गर्ने, रक्तपात हुने अवस्था आए के होला भन्ने अभिभावकहरूको शंका र स्वीकार गर्न गाह्रो हुने अवस्था सृजना भएपछि यस्तो भएको हो,’ प्रअ लम्सालले भने । 

सो संक्रमित बालिकालाई रम्घा भ्याली बोर्डिङ स्कुलले पनि अघिल्लो बर्ष यस्तै समस्या देखाएकै कारण बोर्डिङबाट निकाल्न बाध्य बनाएको अभिभावकको दुखेसो छ ।

सो विद्यालयका व्यवस्थापन समितिका पदेन सदस्य एमव् वडाअध्यक्ष रामबहादुर श्रेष्ठले भने बालिकालाई निस्कासन नगरिएको दाबी गरे । सिधाकुरासँग कुरा गर्दै उनले संक्रमित बालिकाका विषयमा समाजमै हल्ला फैलिएपछि कक्षाका अन्य विद्यार्थीका अभिभावकहरू चिन्तित भएको श्रेष्ठले बताए । आफ्नो बच्चाको चिन्ता गर्दै स्कुल पठाउनै छाडे, विद्यालयले उनीहरूलाई सम्झाई बुझाई गरेर सुरक्षित रुपमा कक्षा सञ्चालन गर्ने प्रयास गरेको थियो,’ वडा अध्यक्ष श्रेष्ठले भने,‘विवादकै बीच बालिकाका परिवारले गाउँ छोडेर अन्यत्रै गए ।’

विद्यालयले जनचेतना फैलाएर सुरक्षित तरिकाबाट कक्षा सञ्चालनका लागि पहल गरिरहेको भन्दै कक्षा छोड्न बाध्य नपारिएको दाबी गरे ।   

यस विषयमा मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्य पौडेलले विद्यालयले यो किसिमको गतिविधि गर्नै नपाउने बताए । उनले भने, ‘यस विषयमा पटक(पटक विद्यालयलाई निर्देशन समेत गरेको हो । छलफल गर्छु भन्दै टार्ने काम मात्र भएको छ । बरु यस किसिमका बालबालिकालाई अध्ययन गर्न सहज वातावरण बनाउन पर्नेमा अन्त लैजा खर्च दिन्छु भन्नु विद्यालयको गलत कदम हो । विद्यार्थीको अधिकार मास्न मिल्दैन् ।’

नगरपालिका भित्र अन्य पनि यस्ता बालबालिका तथा बिरामीहरू रहेको भन्दै उनले उनीहरूलाई सहयोग गर्नुपर्ने ठाउँमा यो किसिमको हर्कत गर्नु विद्यालयको गलत कदम रहेकाले यो विषयमा नगरपालिका गम्भिर रहेको बताए । 

०७५ सालमा जारी मुलुकी अपराध संहितामा एचआईभी सार्ने विरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित तत्कालीन विमानस्थल भन्सार प्रमुख लगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित तत्कालीन विमानस्थल भन्सार प्रमुख लगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुद्दामा अख्तियारले विमानस्थल भन्सारका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, महराका छोरा राहुल महरा ९निर्मल०, चिनियाँ नागरिक दाओजिन वाङ, लोकेन्द्र...
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट एक, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका–५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय

ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय

सर्वोच्च अदालतको आदेश अनुसार दुबैलाई छाड्ने निर्णय भएको स्रोतले जनाएको छ ।
'रङ नम्बर' डायल हुँदा पाटनमा दाजुभाइको चक्कु प्रहार गरी हत्या, सञ्जीव नेपाली पक्राउ

'रङ नम्बर' डायल हुँदा पाटनमा दाजुभाइको चक्कु प्रहार गरी हत्या, सञ्जीव नेपाली पक्राउ

दाजुभाइले गल्ती भयो भनेर कुरा गर्न खोज्दा कुरै नसुनी मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनलाई प्रहार गरेका थिए । भाइमाथि चक्कु प्रहार भएपछि दाइ सुमित छुटाउन तम्सिए...