नेभिगेशन
सबै कुरा

प्रहरी जवानको मृत्यु शंकास्पद, टाउको र शरीरमा चोट देखियो

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा मृत फेला परेको प्रहरी जवान युवराज घिमिरेको मृत्यु शंकास्पद देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका जवान घिमिरेको शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा शव भेटिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काममा नआएका घिमिरेको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएकाले घटना शंकास्पद देखिएको प्रवक्ता अधिकारीले बताए ।  घिमिरेको युनिफर्म र जुत्ता जलाएर फालेको अवस्थामा भेटिएको छ । अहिले शवको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

Ncell
Extreme Energy

दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत घिमिरे सामाखुसीमा डेरा गरी बस्थे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...