नेभिगेशन
सबै कुरा

ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ आरोपी सार्वजनिक

काठमाडौँ । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँ प्रहरी परिसरले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा भक्तपुरका आइते भनिने २१ वर्षीय सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, स्याङ्जा की ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

City Express

उनीहरुलाई पक्राउ गर्ने क्रममा अस्ट नारायण हल पछाडी र बाइसधारा जंगलमा हवाई फायर समेत गरेको थियो । काठमाडौँ प्रहरी परिसरले आइतबार पत्रकार सम्मेलन गर्दै जंगलबाट उम्कन खोजेपछि १ राउण्ड हवाई फायर गरिएको जानकारी दिएको हो । 

पक्राउ परेकामध्ये सचिन परियारसँग प्रहरी जवान घिमिरेको चिनजान रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुले घिमिरेको हत्या गरी एक निर्माणाधीन घरको भुइँमा म्याट्रेसले छोपेर लुकाएका थिए भने मृतकले लगाएको लुगा जलाएर नष्ट गरेका थिए । 

प्रहरी जवान घिमिरेको शव शुक्रबार रक्ताम्य अवस्थामा मनमैजुको एक निर्माणाधिन घरमा फेला परेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै