नेभिगेशन
सबै कुरा

टीकापुरमा १५ बिघा सार्वजनिक जग्गा हिनामिना गरेकाे आराेपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ । टीकापुरको १५ बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्दसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

Ncell
Extreme Energy

अख्तियारले मालपोतमका नासु अग्नीबहादुर शाही, नापीका सर्भेक्षक दशरथ मण्डलसहित विन्द्र रावल, कमलबहादुर रावल, सुशीबहादुर रावल र विमलबहादुर रावलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अख्तियारले उनीहरुविरुद्ध जनही २४ करोड ६ लाख ६९ हजार बराबर बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका—१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।