नेभिगेशन
सबै कुरा

भारतको रक्सौलबाट हुन्डीकाे ६० लाख नेपाली रुपैयाँ बरामद

वीरगंज । हुन्डी तथा सुन कारोबारसँग संलग्न ६० लाख नेपाली रुपैँया भारतीय प्रहरीले नेपाल भारतको सीमावर्ती सहर रक्सौलबाट बरामद गरेको छ । 

सिमावारपार हुने आपराधिक गतिविधि नियन्त्रणका लागि गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले रक्सौलको नागारोडस्थित गुडको कारोबार गर्ने ध्रुप प्रसादको घरबाट उक्त रकम सहित भारतीय रुपैयाँ बरामद गरेको हो । 

City Express

आइतबार दिउसो पूर्वी चम्पारण मोतिहारीका सहायक प्रहरी अधीक्षक शिखर चौधरीको नेतृत्वमा रहेको प्रहरीले रक्सौलमा बसेर नेपाल र भारतमा हुन्डी तथा सुनका लागी रकम आदानप्रदान गराउने ध्रुप प्रसाद भन्ने व्यक्तिको घरमा छापामारी गरि ३४ लाख ३४ हजार ५ सय रुपैयाँ भारतीय रुपैयाँ र ६० लाख १८ हजार नेपाली रुपैयाँ बरामद गरेको मोतिहारी अधिक्षकको कार्यालयले जनाएको छ । 

ग्रामीण भेगमा जोखिम हुदाँ नेपाल भारतको मुख्य नाका वीरगंज भन्सार कार्यालय भएरै प्रहरीको सेटिङमै हुण्डी कारोबारी हुने गरेको स्रोत बताउँछन् । सुरुवातमा प्रहरीले हुन्डीको रकम बरामद गरेपनि पछिल्लो समय हुन्डी कारोबारीलाई समाउन सकेको छैन् । मोटरसाइकलको भाइजर, सिटमुनि फल्स बटम बनाई दिनकै करोड बढी हुन्डी कारोबार हुने गरेको देखिन्छ । भारतमा शनिवार हुने लोकसभा निर्वाचनलाई दृष्टगत गर्दै मतदान प्रभावित पार्न रकमको चलखेल गर्न सक्ने सूचनाको आधारमा भारतीय प्रहरीले पहिलो पटक ठुलो परिमाणमा नेपाली रुपैयाँ बरामद गरेको छ । 

स्रोतका अनुसार सीमावर्ती शहर रक्सौल र वीरगंज नाका हुन्डी तथा सुन कारोबारीको लागी सहज नाका हो । यसका लागी रक्सौलमा दर्जनबढी समुह हुन्डीमा सहभागि छन् भने नेपालतर्फ ढुवानी गर्ने भरियाका रुपमा त्यसका नेतृत्व गर्ने व्यक्ति र समुह पनि उक्तिकै सङ्ख्यामा रहेको स्रोत बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै