नेभिगेशन
सबै कुरा

भारतको रक्सौलबाट हुन्डीकाे ६० लाख नेपाली रुपैयाँ बरामद

वीरगंज । हुन्डी तथा सुन कारोबारसँग संलग्न ६० लाख नेपाली रुपैँया भारतीय प्रहरीले नेपाल भारतको सीमावर्ती सहर रक्सौलबाट बरामद गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिमावारपार हुने आपराधिक गतिविधि नियन्त्रणका लागि गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले रक्सौलको नागारोडस्थित गुडको कारोबार गर्ने ध्रुप प्रसादको घरबाट उक्त रकम सहित भारतीय रुपैयाँ बरामद गरेको हो । 

Ncell
Extreme Energy

आइतबार दिउसो पूर्वी चम्पारण मोतिहारीका सहायक प्रहरी अधीक्षक शिखर चौधरीको नेतृत्वमा रहेको प्रहरीले रक्सौलमा बसेर नेपाल र भारतमा हुन्डी तथा सुनका लागी रकम आदानप्रदान गराउने ध्रुप प्रसाद भन्ने व्यक्तिको घरमा छापामारी गरि ३४ लाख ३४ हजार ५ सय रुपैयाँ भारतीय रुपैयाँ र ६० लाख १८ हजार नेपाली रुपैयाँ बरामद गरेको मोतिहारी अधिक्षकको कार्यालयले जनाएको छ । 

ग्रामीण भेगमा जोखिम हुदाँ नेपाल भारतको मुख्य नाका वीरगंज भन्सार कार्यालय भएरै प्रहरीको सेटिङमै हुण्डी कारोबारी हुने गरेको स्रोत बताउँछन् । सुरुवातमा प्रहरीले हुन्डीको रकम बरामद गरेपनि पछिल्लो समय हुन्डी कारोबारीलाई समाउन सकेको छैन् । मोटरसाइकलको भाइजर, सिटमुनि फल्स बटम बनाई दिनकै करोड बढी हुन्डी कारोबार हुने गरेको देखिन्छ । भारतमा शनिवार हुने लोकसभा निर्वाचनलाई दृष्टगत गर्दै मतदान प्रभावित पार्न रकमको चलखेल गर्न सक्ने सूचनाको आधारमा भारतीय प्रहरीले पहिलो पटक ठुलो परिमाणमा नेपाली रुपैयाँ बरामद गरेको छ । 

स्रोतका अनुसार सीमावर्ती शहर रक्सौल र वीरगंज नाका हुन्डी तथा सुन कारोबारीको लागी सहज नाका हो । यसका लागी रक्सौलमा दर्जनबढी समुह हुन्डीमा सहभागि छन् भने नेपालतर्फ ढुवानी गर्ने भरियाका रुपमा त्यसका नेतृत्व गर्ने व्यक्ति र समुह पनि उक्तिकै सङ्ख्यामा रहेको स्रोत बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...