नेभिगेशन
सबै कुरा

थलीमा घाँटी काटिएकाे अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुल्याे

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा–५, सानोथलीमा मंगलबार बिहान मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । मुख ढाकिएको अवस्थामा मृत फेला परेका उनी भक्तपुर–७ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी रहेको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका अनुसार उनको पहिचान गरेको हो । मंगलबार बिहान साढे पाँच बजेतिर मृत अवस्थामा फेला परेका उनको मृत्यु शंकास्पद देखिएकाले प्रहरीले पोस्ट मार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल पठाएको छ । 

Extreme Energy
citizen life

मुलपानीबाट थलीतर्फ जाने सडकको किनारमा मृत फेला परेका उनको घाँटी काटिएको छ । त्यस्तै थली प्रहरीका अनुसार उनको शव नजिकै ब्लेडसमेत फेला परेको छ । त्यस्तै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र  भक्तपुर सूर्यविनायक...
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो । कारागारभित्रै गुटबन्दी गरी अशान्ति...
विमानस्थलबाट लागुऔषधसहित अमेरिकी नागरिक पक्राउ

विमानस्थलबाट लागुऔषधसहित अमेरिकी नागरिक पक्राउ

उनले भने, “एअर इण्डियाको उडान नम्बर एआइ २१८ मा काठमाडौँबाट दिल्ली जान लागेका निजले लिई आएको लगेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा शङ्कास्पद देखिएपछि खोल्न लगाई हेर्दा गाँजा÷भाङको जस्तो...