नेभिगेशन
सबै कुरा

थलीमा घाँटी काटिएकाे अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुल्याे

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा–५, सानोथलीमा मंगलबार बिहान मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । मुख ढाकिएको अवस्थामा मृत फेला परेका उनी भक्तपुर–७ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका अनुसार उनको पहिचान गरेको हो । मंगलबार बिहान साढे पाँच बजेतिर मृत अवस्थामा फेला परेका उनको मृत्यु शंकास्पद देखिएकाले प्रहरीले पोस्ट मार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल पठाएको छ । 

City Express

मुलपानीबाट थलीतर्फ जाने सडकको किनारमा मृत फेला परेका उनको घाँटी काटिएको छ । त्यस्तै थली प्रहरीका अनुसार उनको शव नजिकै ब्लेडसमेत फेला परेको छ । त्यस्तै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै