नेभिगेशन
सबै कुरा

रविलाई कारबाही र कैलाश सिरोहिया पक्राउकाे विरोध गर्दै ३१ सम्पादकको प्रधानमन्त्रीलाई संयुक्त पत्र

काठमाडाैँ । विभिन्न सञ्चार गृहमा काम गर्ने तथा केही स्वतन्त्र गरी ३१ सम्पादक (केही मिडिया मालिक) हरु कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोधमा उत्रिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकता कीर्तेको जाहेरी पछि सिरोहियालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै बुधबार बिहान जिल्ला अदालत धनुषा पु¥याएर अदालतमा पेश गरिएको छ । उनीमाथि नागरिकता किर्तेमा अनुसन्धान गर्न अदालतले केहीबेर अघि ३ दिन म्याद थप गरेकाे छ ।

Ncell
Extreme Energy

तर, बुधबार उनै सिरोहियाको बचाउमा ३१ जना सम्पादक/मिडिया मालिकरुले प्रधानमन्त्रीलाई  खुला पत्र लेखेका छन् । खुला पत्रमा सिरोहियाको पक्राउ प्रेसमाथि दबाब सृजना गर्न खोजिएको र उनकाे नागरिकताकाे विषय प्राविधिक भएकाे दाबी गरिएकाे छ भने गृह मन्त्री रवि लामिछानेमाथि दोहोरो पासपोर्ट र सहकारी ठगीमा कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । 

‘जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ । कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं’ ३१ भाइ मिडिया सञ्चालकहरुले प्रधानमन्त्रीलाई बुझाइएको भनिएको पत्रमा भनिएको छ, ‘ एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन् । सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरुपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौँ र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौँ ।’

उनीहरूले प्रधानमन्त्रीलाई धम्कीपूर्ण भाषामा कैलाशको गिरफ्तारीसँग रवि लामिछानेलाई जोडेर उनीमाथि कारबाही माग समेत गरेका छन् । ‘नेपाली सञ्चार जगतमा हामी लामो समय देखि नेपाली प्रेस माथिको हमला भएको भन्दै त्यसलाई नरोके लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौँ भन्ने पनि स्पष्ट गर्न चाहन्छौँ ।’

यसरी विज्ञप्ति जारी गर्नेहरुमा प्रतिक प्रधान, शिव गाउँले, अमित ढकाल, किरण नेपाल, युवराज घिमिरे, सुधीर शर्मा, मदन लम्साल, विमल गौतम, सागर पण्डित, राजाराम गौतम, सुजित महत, पूर्ण बस्नेत, बसन्त बस्नेत, हरिबहादुर थापा, उमेश चौहान, रामेश्वर बोहरा, कोषराज कोइराला, गुणराज लुइँटेल लगायत छन् ।

यस्तो छ प्रधानमन्त्रीलाई लेखिएको संयुक्त पत्र 

सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः

१. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

२. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं — तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।

५. नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।

प्रतीक प्रधान – बाह्रखरी

शिव गाउँले – अनलाइनखबर

अमित ढकाल – सेतोपाटी

किरण नेपाल – खोज पत्रकारिता केन्द्र

युवराज घिमिरे – देशसञ्चार

सुधीर शर्मा

मदन लम्साल – अभियान

विमल गौतम – लोकान्तर

सागर पण्डित – नेपाल समाचारपत्र

राजाराम गौतम –

सुजित महत – उकालो

पूर्ण बस्नेत – नेपालखबर

बसन्त बस्नेत – अनलाइनखबर

हरिबहादुर थापा – बाह्रखरी

उमेश चौहान- कान्तिपुर

रामेश्वर बोहरा – उकालो

कोषराज कोइराला – रिपब्लिका दैनिक

गुणराज लुइँटेल – नागरिक दैनिक

रूपेश श्रेष्ठ – कान्तिपुर टिभी

अखण्ड भण्डारी– अन्नपूर्ण पोस्ट

विश्वास बराल– द काठमाडौं पोस्ट

सरोज मिश्र– राजधानी दैनिक

अरूण बराल– खबरहब

कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस

प्रकाश रिमाल

कसमस विश्वकर्मा

सञ्जीव सतगैयां

विजय पौडेल– कान्तिपुर टिभी

रामप्रसाद दाहाल– रातोपाटी

दुर्गा खनाल– इकान्तिपुर

पुष्प दुलाल- क्लिकमाण्डु

-प्रकाशित समाचारमा यस अघि हेडलाइनमा अन्यथा पर्न गएकाेमा सच्याइएकाे छ  -सम्पादक ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...

भर्खरै