नेभिगेशन
सबै कुरा

विकल पौडेलविरुद्ध पुनः अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध पुनः अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पौडेलको आम्दानी अस्वभाविक देखिएको भन्दै ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसहित बुधबार विशेष अदातलमा मुद्दा दायर गरेको हो । 

पौडेलले सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको अख्तियारको दाबी अभियोगपत्रमा उल्लेख गरिएको छ । 

City Express

विशेष अदालतले पौडेलले सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको भन्दै मंगलबार मात्रै २ वर्ष कैद सजाय र २५ करोड ४७ लाख बिगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो । 

उनीविरुद्ध थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । झुटा विवरण पेश गरी सरकारी पदमा बसेको र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर भएको मुद्दा विचाराधीन छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै