नेभिगेशन
सबै कुरा

धनुषामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

जनकपुर । धनुषामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मजदुर रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरमा इनार सफा गर्ने क्रममा आज ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार इनारभित्र पसेर सफा गर्ने क्रममा निस्सासिएर उनको मृत्यु भएको हो । 

Ncell
Extreme Energy

रघुनाथपुर सशस्त्र वेस क्याम्पका सशस्त्र प्रहरीको सहयोगमा झण्डै ४० मिटर गहिरो उक्त इनारबाट शर्माको शव निकालिएको थियो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । 

यसैगरी गोदारस्थित कमला स्टोन क्रसर उद्योगमा कार्यरत गणेशमान चारनाथ नगरपालिका–४ का २० वर्षीय अर्जुन यादवको मृत्यु भएको छ । बुधबार राति क्रसर उद्योगको फित्तामा बेरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक साहले जानकारी दिए । उक्त घटनामा सोही क्रसरमा काम गर्ने बाराको निजगढका ४५ वर्षीय खेमबहादुर मगर घाइते भएका छन् । उनको गोदारस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...

भर्खरै