नेभिगेशन
सबै कुरा

गल्ति गर्ने कसैलाई पनि छुट छैन भन्ने जबरजस्त भाष्य स्थापित भएको छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ति गर्ने कसैलाई पनि छुट नहुने जवरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी छिन् । 

गणतन्त्र दिवस–२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा बिहीबार काठमाडौंमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै शर्माले यस्तो बताएकी हुन् । निकै मेहनत गरेर प्राप्त गरेको गणतन्त्रलाइ सुदृढ बनाउदै सुशासन कायम गर्न सफल भएको बताएकी हुन् । अहिले संविधान र कानूनभन्दा माथि कोही हुदैन भन्ने पुष्टि हुदै गएको उनले बताइन् । 

मन्त्री शर्माले मुलुक बिकासको बाटोमा तीव्र रुपमा अघि बढेको र जलविधुतको क्षेत्रमा विक्रि गर्ने अवस्थासम्म आइपुग्नु सामान्य कुरा नभएको धारणा राखिन् । उनले तीनै तहको सरकारको पहलका कारण देशभर सडक संरचनाको निर्माण विस्तार भएको बताइन् । यद्यपी मुलुकमा देखिएको राजनीतिक अस्थीरताका कारण सोचेजस्तो बिकास कार्यलाई अघि बढाउन नसकिएको उनको भनाई छ । 

राससले गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गरेको हो । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९० तस्बिर प्रदर्शनीमा समेटिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले...
फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् ।
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...

भर्खरै