नेभिगेशन
सबै कुरा

मिटरब्याज पीडितलाई २१ दिन भित्र उजुरी गर्न आग्रह

काठमाडौं । मिटरब्याज पीडितलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी दिन यस सम्बन्धी जाँच बुझ गर्न गठित आयोगले आह्वान गरेको छ । 

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई आफ्नो त्यस्ता लेनदेनका कागजात र विवरण बारे सरकारलाई जानकारी दिन एक फारम भर्न र आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएको हो । 

गृह मन्त्रालयको वेब साइटमा रहेको फारम डाउनलोड गरी उक्त फारमसँगै त्यस्ता अनुचित लेनदेनका लिखत, टिपोट, सर्तनामा लगायतका सबै सम्झौताका कागजात फोटोकपी गरेर प्रशासनमा बुझाउन आयोगले भनेको छ । 

अनुचित लेनदेनमा संलग्न साहु पक्षले पनि मेलमिलाप र सहज रुपमा विवाद समाधानका लागि पनि फारम भरेर पठाउन सक्ने आयोगले सूचनामा भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले...
फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् ।
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...

भर्खरै