नेभिगेशन
सबै कुरा

दिवा खाजामा कोदोको दुनोट

म्याग्दी । म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो । चाउचाउ, बिस्कुटलगायत तयारी खानाको विकल्पमा कोदोको दुनोट, केक, पिज्जा, अचार, भटमासको चिया, सेकुवा, अचार, फर्सीको जाम, टमाटरको केचप, सिस्नुको आइसक्रिमलगायतका परिकार प्रयोग गर्न थालेका विद्यालयले जनाएका छन् ।

स्थानीय तहहरुले अभिभावक र चमेनागृह सञ्चालकलाई आयात गरिएको तयारी पत्रुखाना ‘जङ्क फुड’को विकल्पमा रैथाने बालीका खाद्यान्नबाट परिकार बनाउने तालिम दिएका छन् । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुनले विद्यालयमा ‘जङ्क फुड’ निषेध गर्नका लागि १, २, ३ र ६ नम्बर वडाका अभिभावकलाई रैथाने बालीबाट खाजाको परिकार बनाउने सीप सिकाएको जानकारी दिए । 

“अभिभावक र विद्यालयको चमेनागृहका सञ्चालकलाई पोषणयुक्त खाजा बनाउने ज्ञान र सीप सिकाउन बाँकी चार वटा वडामा पनि तालिम चलाउने तयारीमा छौँ”, उनले भने, “आयातित अस्वस्थ्कर जङ्क फुडको विकल्पमा रैथाने खाद्यवस्तुबाट परिकारको प्रयोगमा जोड दिएका छौँ ।”

बेनी नगरपालिकाको कृषि शाखाले विद्यालयका २० जना चमेनागृह सञ्चालकलाई गत हप्ता रैथाने बालीका परिकार बनाउने तालिम प्रदान गरेको छ । कोदो, गहुँ, आलु, भटमास, सिस्नु, फर्सीलगायतका रैथाने बालीबाट खाजाका परिकार बनाउने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सीप प्रदान गरिएको बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुङ्गानाले बताए । 

जङ्कफुड प्याकिङ गर्ने प्लास्टिकले विद्यालय परिसर फोहर र विद्यार्थीको स्वास्थ्यमा असर परेको छ । धौलागिरि गाउँपालिका–३ मा रहेको धौलागिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीले स्थानीय खाद्यान्नबाट हरेक दिन फरकफरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेको बताए । 

“अभिभावक भेलाबाट आइतबारदेखि बिहीबारसम्म खाने खाजाको तालिकानै बनाएका छौँ”, उनले भने, “खर्चको पनि बचत भएको छ ।” सरकारले प्रतिविद्यार्थी रु १५ का दरले दिवा खाजाका लागि अनुदान दिने गरेको छ । बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयले दिवा खाजाका लागि विद्यालय परिसरको खाली जमिनमा तरकारी खेती गरेको प्रअ रामप्रसाद शर्माले बताए। 

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले अस्वस्थकर परिकारको प्रयोग घटाउन र रैथाने बालीका खाद्यान्न परिकारमा जोड दिएको बताए । विद्यालयलाई ‘जङ्क फुड’ निषेधित क्षेत्र बनाउने तयारी गरेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले...
फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् ।
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...

भर्खरै