नेभिगेशन
सबै कुरा

केदारनाथ शर्मा विरुद्ध ३२ अर्ब ९० करोड रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धिकरण मुद्दा चलाउने निर्णय

काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक केदारनाथ शर्मा विरुद्ध हालसम्मकै ठूलो सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शर्मा र उनको कम्पनी विरुद्ध ३२ अर्ब ९० करोड बिगो र जरिवानासहित झण्डै एक खर्ब रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गर्ने निर्णय भएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ ।

Extreme Energy
citizen life

मुद्दा चलाउने निर्णयसँगै अनुसन्धान प्रतिवेदन लिएर भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाइएको विभागका महानिर्देशक पुष्पराज शाहीले सिधाकुरालाई बताए । 

‘केदारनाथ शर्मालाई मुद्दा चलाउने निर्णय भएको छ । केही बेरमा मुद्दा दर्ता हुन्छ । शर्मा र उनको कम्पनीसमेतलाई विपक्षी बनाएर ३२ अर्ब ९० करोड रुपैयाँ बिगो कायम गरिएको छ,’ महानिर्देशक शाहीले भने,‘ व्यक्तिको हकमा दोब्बर र कम्पनीको हकमा तीन गुणा जरिवाना हुने भएकाले झण्डै एक खर्ब रुपैयाँ बराबरको दाबी विभागले गरेको छ ।’

सम्पत्ति शुद्धिकरणको अभियोगमा शर्मा विरुद्ध मुद्दा लगाउनु पर्ने रायसहितको प्रतिवेदन भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको पनि विभागले जनाएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट   ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई...
सरकारी छाप दुरुपयोगको अभियोगमा तीन जना पक्राउ

सरकारी छाप दुरुपयोगको अभियोगमा तीन जना पक्राउ

पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी...
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित दुई , सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कालिन्द्र...
जब एक महिलाले मर्न लागेको भन्दै श्रीमानलाई भिडियोकल गरिन्

जब एक महिलाले मर्न लागेको भन्दै श्रीमानलाई भिडियोकल गरिन्

ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा...

भर्खरै