नेभिगेशन
सबै कुरा

केदारनाथ शर्मा विरुद्ध ३२ अर्ब ९० करोड रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धिकरण मुद्दा चलाउने निर्णय

काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक केदारनाथ शर्मा विरुद्ध हालसम्मकै ठूलो सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर हुने भएको छ । 

शर्मा र उनको कम्पनी विरुद्ध ३२ अर्ब ९० करोड बिगो र जरिवानासहित झण्डै एक खर्ब रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गर्ने निर्णय भएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ ।

City Express

मुद्दा चलाउने निर्णयसँगै अनुसन्धान प्रतिवेदन लिएर भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाइएको विभागका महानिर्देशक पुष्पराज शाहीले सिधाकुरालाई बताए । 

‘केदारनाथ शर्मालाई मुद्दा चलाउने निर्णय भएको छ । केही बेरमा मुद्दा दर्ता हुन्छ । शर्मा र उनको कम्पनीसमेतलाई विपक्षी बनाएर ३२ अर्ब ९० करोड रुपैयाँ बिगो कायम गरिएको छ,’ महानिर्देशक शाहीले भने,‘ व्यक्तिको हकमा दोब्बर र कम्पनीको हकमा तीन गुणा जरिवाना हुने भएकाले झण्डै एक खर्ब रुपैयाँ बराबरको दाबी विभागले गरेको छ ।’

सम्पत्ति शुद्धिकरणको अभियोगमा शर्मा विरुद्ध मुद्दा लगाउनु पर्ने रायसहितको प्रतिवेदन भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको पनि विभागले जनाएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै