नेभिगेशन
सबै कुरा

जुवाको खालबाट २२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सात जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले दिए । 

उनले भने, “मित्रनगरमा प्रहरी प्रभाग गोङ्गबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले निजहरुलाई पक्राउ गरेको हो ।” पक्राउ परेकाहरुको साथबाट प्रहरीले रु दुई लाख ७० हजार पाँच सय ५० तथा केही थान तास समेत बरामद गरिएको प्रहरीको भनाइ छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले...
फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् ।
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...

भर्खरै