नेभिगेशन
सबै कुरा

हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

आज उच्च अदालत बुटवल इजलासले उक्त आदेश गरेको हो । लामिछाने र जोशीको मुद्दामा न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासमा सुनुवाई भएको थियो ।
अछामका आगलागी पीडितलाई प्रदेश सरकारले आठ लाख सहयोग गर्ने

अछामका आगलागी पीडितलाई प्रदेश सरकारले आठ लाख सहयोग गर्ने

बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा उनको निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगर नगरपालिकालाई रु आठ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको...
अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार...
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए ।