नेभिगेशन
सबै कुरा

स्तरोन्नतिका लागि धुलिखेल–खावा सडक बन्द

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नति जारी रहेकाले आज र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरोकिलो–खावा खण्ड) आजदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो ।

Ncell
Extreme Energy

राजमार्गको धुलिखेल जिरोकिलो–खावा खण्डमा थप मर्मत तथा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सरोकार भएका निकाय तथा स्थानीयकाबीच यही जेठ ७ गते उक्त खण्ड दुई दिनसम्म बन्द गर्ने निर्णय भएसँगै आज र भोलि बन्द गरी स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी एवं इञ्जिनियर सुमन बस्नेतले जानकारी दिए ।

बैठकको निर्णयअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारीसाधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए।

बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यलाई सहयोग गरिदिन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । सो समय अवधिमा काठमाडौँ–बनेपा हुँदै पाँचखालतर्फ जाने सवारीसाधनका लागि होराइजन होटल हुँदै आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न आग्रह सूचना अधिकारी बस्नेतको भनाइ छ । उनका अनुसार साना सवारीसाधनका लागि बनेपा चारदोबाटो–रविओपी हुँदै पाँचखालको बाटोलाई वैकल्पिक मार्गका रुपमा व्यवस्था गरिएको छ ।

साना सवारीसाधनका लागि बिपी राजमार्ग–तिनपिप्ले–पाँचखालको बाटो वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न र दोलालघाट पाँचखाल हुँदै काठमाडौँतर्फ जाने सबैखाले सवारीसाधनका लागि जिरोकिलो–कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न आग्रह गरिएको सूचना अधिकारी बस्नेतले बताए ।

उक्तस्थान (धुलिखेल र पाँचखाल) चोकमा रोकिएका सबै सवारीसाधनलाई बन्द अवधिपछि मात्र छोडिने सडक विभागले जनाएको छ । यसअघि जेठ ८ र ९ गते दुई दिन सडक विभागले यसरी नै सवारीसाधनलाई वैकल्पिक सडकको व्यवस्था गरी स्तरोन्नतिको काम गरेको थियो । साथै जेठ १० र ११ गते सडक नियमित सञ्चालन गरी स्तरोन्नतिको काम गरिएको थियो ।

“जेठ ८ र ९ गते आवागमन बन्द गरेर काम गर्दा कामको प्रगति धेरै भएको थियो । साथै १० र ११ गते नियमित आवागमन सञ्चालन गरी काम गर्दा कामले गति लिन सकेको थिएन”, सूचना अधिकारी बस्नेतले भने । सडक बन्द गरी काम गर्दा प्रगति धेरै भएको पाइएकाले जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पुनःदुई दिन उक्त खण्ड बन्द गरी कामलाई तीव्रता दिइएको उनले जानकारी दिए ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङभित्रका सडकखण्डअन्तर्गत सिन्का फ्याक्ट्री मुसेखोल्सामा सोमबारदेखि ढलान कार्य सुरु हुने भएकाले सो सडक भएर आवतजावत गर्ने प्रयोगकर्तालाई वैकल्पिक बाटो प्रयोग गर्न वडा कार्यालयले आग्रह गरेको छ ।

बेथानचोक गाउँपालिकाको गौरवको कार्यक्रममार्फत प्रत्येक वर्ष पाँच किमी बाटो कालोपत्र गर्ने योजनाअनुसार चालु आर्थिक वर्षको कार्यक्रम पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङसम्म सञ्चालन हुने सडकखण्ड परेको सार्वजनिक सूचना जारी गर्दै जानकारी दिइएको बेथानचोक–२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताए । उक्त सडकखण्ड भएर सञ्चालित सवारीसाधनका लागि वैकल्पिक मार्ग बसपार्क–बादुरेमुडा–डाँडाघर खण्ड प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...

भर्खरै