नेभिगेशन
सबै कुरा

भौतिक पूर्वाधार मन्त्री महासेठलाई उपहार भन्दै बालेनले सडक विभाग गेटमा खन्याए धुलो र फाेहाेर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह चक्रपथ विस्तारको दोस्रो खण्डको काम समयमै सुरु नभएको भन्दै आक्रोशित भएका छन् । कलंकी महाराजगन्ज खण्डको काम समयमै सुरु नहुँदा काठमाडौंका जनताले धुलो खान परेको भन्दै मेयर शाहले शनिबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई भन्दै एक ट्रक धुलो र फोहोर उपहार पठाएका छन् । महानगरको ट्रकले बोकेको एक ट्रक धुलो  सडक विभाग र सडक डिभिजन काठमाडौँको गेटमा खन्याइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु, तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला ’ बालेनले फेसबुकमा लेखेका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...

भर्खरै