नेभिगेशन
सबै कुरा

तिनाउ नदीमा डुबेर मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ ।  नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

साथीहरुसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगे पनि भुषाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अछामका आगलागी पीडितलाई प्रदेश सरकारले आठ लाख सहयोग गर्ने

अछामका आगलागी पीडितलाई प्रदेश सरकारले आठ लाख सहयोग गर्ने

बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा उनको निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगर नगरपालिकालाई रु आठ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको...
अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार...
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए ।
विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ ।