नेभिगेशन
सबै कुरा

ललिता निवास प्रकरणमा सीआइबीले लियो पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको बयान

ललिता निवास जग्गा प्रकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालसँग बयान लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालसँग सीआइबीले आइतबार राति बयान लिएको हो । 

Ncell
Extreme Energy

डा. भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि उठेको प्रश्नका सम्बन्धमा जवाफ दिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआइबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु ।’


नेपाल र भट्टराई प्रधानमन्त्री भएको समयमा गरेका निर्णयका यो प्रकरणमा मुछिएका थिए । 

माधव कुमार नेपाल प्रधानमन्त्री भएको समयमा २०६६ साल चैत २९ गते ललिता निवासको जग्गामा विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने निर्णय भएको थियो । तर त्यतिबेला ड्राइभर भाइचालगायत ५८ जना नक्कली मोही खडा गरी व्यक्तिको नाममा कायम गरिएको थियो । त्यतिबेला २५ रोपनी ७ अना जग्गा व्यक्तिको नाममा पुगेको देखिएको छ । सो बेला भौतिक योजना मन्त्रालयल मातहतबाट मोही कायम गराइएको थियो । जबकी उक्त कार्य भौतिक योजना मन्त्रालयको कार्यक्षेत्रभित्र पर्दैनथ्यो । सो कार्य भूमिसुधार मन्त्रालय मातहत थियो । सो समय मौतिक पूर्वाधार मन्त्री थिए विजयकुमार गच्छदार र सचिव दीपकुमार बस्न्यात थिए । बस्न्यात पछि अख्तियार प्रमुख समेत भएका थिए । उनीहरुले कायम गरेको मोही ड्राईभर भाइचाको विवरण भूमिसुधार कार्यालयको विवरण कतै भेटिदैन । अर्को मुख्य कुरा सार्वजनिक जग्गामा मोहीयानी हक खडा गर्नै मिल्दैन । तर क्षेत्राधिकार मिचेर कानून विपरित मोही करार गर्ने निर्णय भएपछि यो प्रकरणमा उनको नाम निरन्तर जोडिदै आएको छ । 

त्यसैगरी भट्टराईको पालामा पनि कहीँ कतै अस्तित्वमा नभएको पशुपति टिकिन्छा गुठीको नाममा जग्गा कायम गर्ने निर्णय भएको थियो । भट्टराई प्रधानमन्त्री भएको बेला २०६९ असोज १८ गते सोही गुठीमा ३३ रोपनी सरकारी जग्गाको लगत कट्टा गरी सहमति प्रदान गर्ने निर्णय भएको देखिएको छ । उक्त समयमा अनाधिकृत मोही खडा गरी ४ रोपनी १२ आना जग्गा उक्त गुठीको नाममा पठाइएको देखिएको छ । 

उनीहरुको संलग्नताबारे अध्ययन प्रतिवेदनले स्पष्ट पारेपनि उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको थिएन । तर केही दिनअघि तर  सर्बोच्च अदालतले निर्देशनात्मक आदेश जारी गर्दै निर्णयकर्ताहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि उनीहरुको पनि बयान लिन दबाब बढेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...