नेभिगेशन
सबै कुरा

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौँ । बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । दोषी ठहर भएपनि सजाय भने निर्धारण गरिएको छैन । सजाय निर्धारणका लागि २८ जेठका लागि सुनुवाई तोकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीमाथि वैवाहिक बलात्कारको आरोप लागेको थियो । यसअघि जिल्ला अदालत र उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । चैत २१ गते सर्वोच्चका न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले धरौटीमा छाड्ने जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि उनी थुनामा पुगेका थिए । 

Ncell
Extreme Energy

गिरीकी पत्नीले आफूूमाथि बलत्कार भएको भन्दै गिरीविरुद्ध जोहेरी दिएकी थिइन् । सूरु देखिनै जोहरी दर्ता नगरेको, पक्राउ नगरेको भन्दै आन्दोलन गर्दै आएकी गिरीकी पत्नीले पक्राउपछी धरोटीमा छाड्ने अदालतको आदेशमा पनि असहमती जनाउँदै आन्दोलन गरिरहेकी थिइन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...