नेभिगेशन
सबै कुरा
कुशे औँसी :

छोरा कुरिरहेका बा !

बाग्लुङ - आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्य दृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर उनी चाहेर पनि आफ्नो सन्तान सँगसँगै हुन पाएका छैनन् । अहिले उनी मानव सेवा आश्रम बागलुङमा आश्रय लिएर बसेका छन् । हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको, सेतै कपाल फुलेका तथा हातमा सानो मोबाइलमा गीत बजाएर सुनिरहेको अवस्थामा भेटिने पाठक आफ्ना छोराहरू लिन आउँछन् भन्ने आशमा हुन्छन् । 

Ncell
Extreme Energy

उनको निन्याउरो अनुहारमा धेरै निराश र अलिअलि आशाका किरण देखिन्छन् । पाठकले मानवसेवा आश्रमभित्र प्रवेश गर्ने सबैलाई नमस्ते गर्दै स्वागत गर्ने गर्छन् । पाठक दुई वर्षदेखि मानव सेवा आश्रममा बस्दै आएका छन् । उनी घरीघरी छोराहरूलाई सम्झन्छन् । तर छोराहरू भने उनलाई सम्झँदैनन् ।

पाठकका तीन भाइ छोरा छन् । जेठो र माइलो भारतको वनरासमा छन् भने कान्छो छोरा कुवेतमा । पाठकका दुई बुहारी र छ नाती नातिना पनि छन् तर उनलाई कसैले पनि सम्झिन्न । तीन वर्ष अगाडि श्रीमती गुमाएका पाठकले कान्छी बुहारीसँग केही महिना बिताए । 

पोखराबाट लुम्बिनी जाने क्रममा बीच सडकमै अलपत्र पारेर छोरा बुहारी सम्पर्कविहीन भएपछि पाठक बागलुङ फर्किए । बागलुङ फर्किएपछि मानव सेवा आश्रममा आए । अहिले पाठकको दैनिकी आश्रममै बित्ने गरेको छ ।

आज भाद्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिनले पाठकलाई निकै पिरोल्ने गर्छ । छोराहरूले सानो छँदा बाबा भनेर आङ्गालो र ठियुँमा झुन्डिएको यादले यहाँलाई सताउने गर्छ । अहिले तिनै छोराले नसम्झिँदा मन दुख्ने पाठकले बताए । 

छोराहरू हुर्काउन, बढाउन र पढाउन आफूले निकै सङ्घर्ष गरेको पाठकले सुनाए । अझै पनि छोराहरूले आफूलाई साथैमा लिएर पाल्ने आश उनीमा छ । तर जेठो र माइलो छोरासँग चार वर्षदेखि र कान्छो छोरासँग तीन वर्षदेखि उनको सम्पर्क भएको छैन ।

‘म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरूले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरूलाई हुर्काइन्, उनीहरूले पढ्न चाहे जति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरूले मलाई हेर्न छोडे’, पाठकले भने, ‘अब हातपाखुरा बस्न थाले, छोराहरूले पनि मलाई एक्लो बनाए, किन मलाई यस्तो ठाउँमा पुर्‍याए मैले केही बुझ्न सकेको छैन, अझै पनि आश त लाग्दो रैछ लैजान्छन् कि भन्ने तर अहिले कहाँ छन्, के गर्दैछन् केही थाहा छैन ।’

पाठकले छोराहरू पाल्नका लागि पुस माघको जाडोमा खाली खुट्टा स्याङ्जाबाट नुन र चामल बोकेर ल्याएर खुवाएको भन्दै अहिले त्यो दुःख भुलेर छोराहरूले आफूलाई हेला गरेको बताउँछन् । गाउँमा थोरै जग्गा जमिन भए पनि आफू आश्रममै बस्ने गरेको पाठकले बताए । कुशे औँसीमा आफूले बाबाको मुख हेर्ने गर्दा छोराहरूले त्यो सिके पनि अहिले स्वार्थी बनेको गुनासो पोखे ।

पछिल्लो समय पाठकलाई जस्तै धेरै सन्तानले आफ्ना बाबाआमालाई आश्रममा राख्ने गरेको पाइन्छ । अहिले धेरै युवायुवती प्रदेशमा छन् । गाउँमा बूढा बाआमा मात्रै छन् । पाठकले समय समयमा आफ्नो परिवारलाई सम्झेर निराश हुने गरेको मानव सेवा आश्रम बागलुङकी प्रमुख विपना तामाङले बताइन्। परिवारले नहेरेपछि पाठकलाई आश्रममा ल्याइएको तामाङको भनाइ छ । अहिले पाठकले आश्रममा निकै इमान्दार भएर बसेको भन्दै सकेको कामसमेत गर्ने गरेको उनले बताइन् ।

‘बुबाले आफ्नो छोराहरूलाई धेरै सम्झिनुहुन्छ, तर छोराहरू कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, उहाँले विदेश छन् भन्नुहुन्छ, अहिलेसम्म उहाँहरू बुबालाई भेट्न एक पटक पनि यहाँ आउनुभएको छैन, धेरै दुःखका कुरा गर्नुहुन्छ’, तामाङ भन्छिन्, ‘यहाँ बस्न थालेको धेरै समय भयो, बूढाबूढी मान्छे सकेको काम गर्न खोज्नुहुन्छ, आश्रममा धेरै बालबालिका पनि छन् उनीहरूलाई हेर्ने, अरू काम पनि गर्छु भन्नुहुन्छ, जस्तो भए पनि बुबालाई भेट्न आउनुपर्थ्यो, छोराहरू आए जानुहुन्छ ? भन्दा जान्छु भन्नुहुन्छ, बेला बेला निराश हुने गर्नुहुन्छ, हामीले सम्झाउने गरेका छौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...

भर्खरै