नेभिगेशन
सबै कुरा

‘हाइ रिस्क’ एरियामा मनसुन पूर्वतयारीका लागि जनशक्ति परिचालन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।  

सोमबार सिंहदरबारमा मनसुन पूर्व तयारीका बिषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरि मनसुनजन्य विपदवाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्ने तयारी गर्न निर्देशन दिएका हुन् । अहिले २० हजारलाई राहत दिन सक्ने गरि उद्धार र राहतका लागि राज्य सक्षम रहेको जानकारी दिदै प्रकोपपछि तत्कालै उद्दार र राहतका लागि तयारी गर्नुपर्ने बताए । 

उनले अत्यन्तै जोखिमयुद्ध क्षेत्रमा एकसाताभित्र जनशक्ति परिचालन गरि नागरिकलाई शुसुचित गराउने काममा लाग्न पनि निर्देशन दिए । गृहमन्त्री लामिछानले प्राकृतिक प्रकोपपछि आवश्यक पर्ने सामाग्री अभाव भए खरिद कार्य अघि बढाउन सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए । 

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले मनसुन पूर्व तयारी र प्रतिकार्यका लागि गरिएको तयारीका बारेमा जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...