नेभिगेशन
सबै कुरा

विश्व कीर्तिमान राख्न सफल पर्वतारोही पूर्णिमा श्रेष्ठको काठमाडौँमा स्वागत

काठकाडौँ । एकै सिजनमा तीन पटक विश्व सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । आजै लुक्लाबाट काठमाडौं आएकी श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छिन्। वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले जेठ १२ गते बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी हुन्।  

Ncell
Extreme Energy

यो आरोहणसँगै पत्रकार श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी हुन्। उनले योसहित सगरमाथा आरोहण चौथो पटक हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्। 

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छिन् । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकीय श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...