नेभिगेशन
सबै कुरा

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

कैलाली । कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। 

कैलालीको  तापक्रम ४० डिग्री सेल्यिसयसभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो। वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन्‌। ‘गर्मीले पढ्नै सकिँदैन, उनले भने– ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ। बेञ्चमा बस्नै गाह्रो हुन्छ। डेक्स र बेञ्च पनि तातेका हुन्छन्।’

दिउँसोको समयमा पटकपटक विजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ। टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउँछिन्। ‘गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ’, उनले भने –’पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ।’

यस्तै कक्षा ५ मा अध्ययनरत रजनी सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताइन्। ‘टिनले छाएका कोठामा पढ्न दिउँसो गाह्रो हुन्छ’, उनले भनिन्– ‘अधिकांश साथीहरू बीचमै पढाइ छाडेर घर हिँड्छन्, केही साथीहरू गर्मीमा विद्यालय नियमित आउँदैनन्।

विक्रम थारू खडक स्मृति माविमा कक्षा ९ मा पढ्छन्। उनको कक्षामा ९० विद्यार्थी अध्ययनरत छन्। ‘एउटै कक्षामा यतिधेरै विद्यार्थी बस्छौँ, भीडभाड हुँदा त्यसै गर्मी हुन्छ’, उनले भने। शिक्षकलाई पनि पढाउन गाह्रो हुने गरेको थारू बताउँछन् । कक्षा ८ का विद्यार्थी अशुं चौधरीको कक्षामा एक सय १३ विद्यार्थी छन्। एउटै बेञ्चमा सात सात जनासम्म कोच्चिएर बस्नुपर्छ। उनी भन्छन् , ‘गर्मी सहन नसकेर केही साथीहरू नियमित विद्यालय आउँदैनन्।’

कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन्। जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन। दिउँसो बालबालिकालाई गर्मीले सताउँछ। केही विद्यालयमा टिनका छाना छन्। अझ बिजुली गएका बेला बस्नै कठिन छ। प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन्। 

‘यस्तो बेलामा बिहानी कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ’, अभिभावक रमेश चौधरीले भने। अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन्। टीकापुर बाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ। 

टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन्। ‘विद्यालयको अवस्थाअनुसार सञ्चालन गर्न सकिन्छ’, उनले भने। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै