नेभिगेशन
सबै कुरा

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

कैलाली । कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कैलालीको  तापक्रम ४० डिग्री सेल्यिसयसभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो। वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन्‌। ‘गर्मीले पढ्नै सकिँदैन, उनले भने– ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ। बेञ्चमा बस्नै गाह्रो हुन्छ। डेक्स र बेञ्च पनि तातेका हुन्छन्।’

Ncell
Extreme Energy

दिउँसोको समयमा पटकपटक विजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ। टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउँछिन्। ‘गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ’, उनले भने –’पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ।’

यस्तै कक्षा ५ मा अध्ययनरत रजनी सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताइन्। ‘टिनले छाएका कोठामा पढ्न दिउँसो गाह्रो हुन्छ’, उनले भनिन्– ‘अधिकांश साथीहरू बीचमै पढाइ छाडेर घर हिँड्छन्, केही साथीहरू गर्मीमा विद्यालय नियमित आउँदैनन्।

विक्रम थारू खडक स्मृति माविमा कक्षा ९ मा पढ्छन्। उनको कक्षामा ९० विद्यार्थी अध्ययनरत छन्। ‘एउटै कक्षामा यतिधेरै विद्यार्थी बस्छौँ, भीडभाड हुँदा त्यसै गर्मी हुन्छ’, उनले भने। शिक्षकलाई पनि पढाउन गाह्रो हुने गरेको थारू बताउँछन् । कक्षा ८ का विद्यार्थी अशुं चौधरीको कक्षामा एक सय १३ विद्यार्थी छन्। एउटै बेञ्चमा सात सात जनासम्म कोच्चिएर बस्नुपर्छ। उनी भन्छन् , ‘गर्मी सहन नसकेर केही साथीहरू नियमित विद्यालय आउँदैनन्।’

कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन्। जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन। दिउँसो बालबालिकालाई गर्मीले सताउँछ। केही विद्यालयमा टिनका छाना छन्। अझ बिजुली गएका बेला बस्नै कठिन छ। प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन्। 

‘यस्तो बेलामा बिहानी कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ’, अभिभावक रमेश चौधरीले भने। अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन्। टीकापुर बाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ। 

टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन्। ‘विद्यालयको अवस्थाअनुसार सञ्चालन गर्न सकिन्छ’, उनले भने। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘म त पर्खेको पर्खै छु, बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न...’ नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको...
कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

साल्ट ट्रेडिङले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार ‘एसटीसी सिलिण्डर’ खपत गर्दै आएको जनाएको छ।
एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन,...
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...

भर्खरै