नेभिगेशन
सबै कुरा

भारतको राजधानी नयाँ दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । 

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मङ्गलबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो ।मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री बढी रहेको छ ।

CG

तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको यस सहरमा बुधबार पनि यस्तै तापक्रम हुने पूर्वानुमान गरिएको छ र मानिसहरूलाई सतर्क रहन सूचना जारी गरिएको छ ।सन् २०२२ को मे महिनामा दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट) पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा गर्मी याममा तापक्रम उच्च रहने भएपनि पछिल्ला बर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ । वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ ।

खानेपानीको अभाव

नयाँ दिल्लीका अधिकारीहरूले गर्मी बढेसँगै पानीका स्रोतहरू पनि घट्दै केही क्षेत्रमा आपूर्ति कटौती हुने र खानेपानीको अभाव हुनसक्ने चेतावनी दिएका छन् ।भारतीय जल मन्त्री आतिशी मार्लेनाले पानीको अनावश्यक प्रयोग रोक्न ‘सामूहिक जिम्मेवारी’ लिन आह्वान गरेका छन् ।  

“पानीको अभावको समस्या समाधान गर्न हामीले धेरै क्षेत्रमा पानीको आपूर्ति दिनको दुई पटकबाट घटाएर दिनमा एक पटक गर्ने जस्ता धेरै उपायहरू अपनाएका छौं,” आतिशीले भने, “यसरी बचत गरिएको पानीलाई मिलाएर पानीको निकै अभाव भएका र दैनिक १५ देखि २० मिनेट मात्र पानी आपूर्ति क्षेत्रमा पु¥याइनेछ ।’

मौसम विज्ञान विभागले गर्मीले स्वास्थ्यमा विशेष गरी शिशुहरू, वृद्धहरू र दीर्घकालीन रोगहरू भएकाहरूको स्वास्थ्यमा असर पार्नसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

धेरैले राजस्थान राज्यको तापक्रम ५०.५ डिग्री सेल्सियस मापन गरिएको र त्यहाँबाट आएको उष्ण लहरका कारण तापक्रम बढेको बताएका छन् ।

राजस्थानको मरुभूमि फलोदीमा सन् २०१६ मा ५१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।  पश्चिम बङ्गाल राज्य र उत्तरपूर्वी राज्य मिजोरममा आइतबार भारत र बङ्गलादेशमा आएको चक्रवात ‘रेमाल’बाट आएको आँधीबेहरी र भारी वर्षाका कारण ३८ जनाभन्दा बढीको मृत्यु भएको छ ।

बङ्गलादेशको मौसम विज्ञान विभागले यो चक्रवात ‘देशको इतिहासमा सबैभन्दा लामो मध्ये एक’ भएको बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका...
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग यसै साता पहिलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा...
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका...
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

प्रतिबन्धित तहरीक–ए–लब्बैक पाकिस्तान (टिएलपी) पार्टीका नेता जहीरुल हसन शाहलाई गत वर्ष पक्राउ गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा एक भिडियो प्रसारित गरेको आरोप लागेको थियो, जसमा तत्कालीन प्रधानन्यायाधीश...