नेभिगेशन
सबै कुरा

जग्गासम्बन्धी विवादमा दाइको हत्या गरेकाे अभियोगमा भाइ पक्राउ

नुवाकोट । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहारबाट हत्या भएको खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार जग्गासम्बन्धी लामो समयदेखि कायम विवाद, घटनास्थलको प्रारम्भिक प्रतिवेदन र घटनाका सम्बन्धमा अभियुक्तबाट स्वीकार गरेको बयानका आधारमा दाजुको हत्या अभियोगमा भाइलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको हो । उनी यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेका व्यक्ति भएकाले पटके भएको प्रहरीले जनाएको छ ।

Dish Home
Global Ime Bank

पक्राउ परेका सिंहबहादुरलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति लिन आज जिल्ला अदालतमा उपस्थित गराउने नुवाकोट प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मितेरी बचत ठगीः कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीले दुईओटा नागरिकता र पासपोर्ट लिएको खुल्यो

मितेरी बचत ठगीः कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीले दुईओटा नागरिकता र पासपोर्ट लिएको खुल्यो

प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ ।
त्रिभुवन विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

प्रारम्भिक अनुसन्धान अनुसार उक्त सुन अवैध रुपमा नेपाल भित्र्याउने उद्देश्यले ल्याइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। खेमानीमाथि थप अनुसन्धान भइरहेको छ र बरामद सुन आवश्यक प्रक्रिया पूरा गरी...
उदयपुरको चौदण्डीगढीमा युवक र किशाेरीकाे शव फेला, घटना रहस्मय !

उदयपुरको चौदण्डीगढीमा युवक र किशाेरीकाे शव फेला, घटना रहस्मय !

बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टर) बबिन राईका अनुसार बुधबार बिहान अमलचौरी गाउँको बाटोमा मन्जुको शव लडिरहेको अवस्थामा भेटिएको थियो। त्यसको झण्डै दुईसय मिटर टाढा रविनको शव रुखमा झुण्डिएको अवस्थामा...
२ हजार १ सय किलो गाँजासहित ३ पक्राउ

२ हजार १ सय किलो गाँजासहित ३ पक्राउ

आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना‍ ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा...

भर्खरै