नेभिगेशन
सबै कुरा

सिँचाइको ड्याम भत्किदा गैँडाटारका किसान चिन्तित

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेग चुरेफेदीमा रहेको गैँडाटारमा रहेको सिँचाइको ड्याम भत्किएको छ ।  सोमबार आएको बाढीले ड्याम बगाएपछि गैँडाटारबासी चिन्तित बनेका छ्न् । 

चन्द्रपुर ३ गैँडाटारका स्थानीयले ड्याम बगाएपछि असारमा धान बाली लगाउन समस्या हुने भन्दै चिन्ता व्यक्त गरेका छन । जीर्ण बन्दै गएको सो ड्यामको समयमै मर्मतसम्भार नहुँदा ड्याम भत्किएको स्थानीय जीवन कटुवालले बताए । ‘हरेक वर्ष सिँचाइको आधार बनेको ड्याम भत्किदा अब उत्पादनमा ह्रास आउने विषयले चिन्तित तुल्याएको छ ।’ कटुवालले सिधाकुरासँग भने । 

CG

आर्थिक वर्ष २०६६/६७ मा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बिरगञ्जबाट २ करोड ६६  लाखको लगानीमा निर्माण गरिएको उक्त सिँचाइ ड्याम भत्किएपछि तत्काल सम्बन्धित निकायले वैकल्पिक सिँचाइको व्यवस्थापन गर्नुपर्ने किसानको माग छ । असारे धानको बीउ राख्ने बेलामा नै सिँचाइको ड्याम भत्किएका कारण धानको बीउ नै राख्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय कृषक उमेश तिमल्सिनाले बताए । ‘हामीले चादी नदीको पानीलाई सिँचाइको लागि ड्याम निर्माण गरि सिँचाइ गर्दै आईरहेका थियौँ । जसले हामीलाई सहज थियो तर अहिले भत्कियो’, उनले थपे, ‘अब कसरी सिँचाइको व्यवस्थापन हुने हो ? ४ बाली अन्न उत्पादन हुने ठाउँमा अब कसरी बाली लाउने हो ? सम्बन्धित निकायले यथाशीघ्र वैकल्पिक ब्यवस्था गर्नुपर्छ ।’

ड्याम भत्किएपछि गैंडाटार क्षेत्रमा कृषि उत्पादनमा कमी आउन सक्ने भएकाले यथाशीघ्र सिँचाइको वैकल्पिक उपाय निकाल्नुपर्ने स्थानीय नेताको भनाई छ । ‘सिँचाइको समस्या समाधान नभए आन्दोलनमा उत्रनु  बाहेक अर्को विकल्प रहने छैन ।’, नेकपा एमालेका नगर अध्यक्ष शिव आचार्यले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु...
बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। साथै, NRNA NCC USA...
भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

बिहानै ५ बजेदेखि कार्यकर्ताहरु चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्रको श्रृङ्गार गर्दैछन् ।
सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको...