नेभिगेशन
सबै कुरा

सिँचाइको ड्याम भत्किदा गैँडाटारका किसान चिन्तित

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेग चुरेफेदीमा रहेको गैँडाटारमा रहेको सिँचाइको ड्याम भत्किएको छ ।  सोमबार आएको बाढीले ड्याम बगाएपछि गैँडाटारबासी चिन्तित बनेका छ्न् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चन्द्रपुर ३ गैँडाटारका स्थानीयले ड्याम बगाएपछि असारमा धान बाली लगाउन समस्या हुने भन्दै चिन्ता व्यक्त गरेका छन । जीर्ण बन्दै गएको सो ड्यामको समयमै मर्मतसम्भार नहुँदा ड्याम भत्किएको स्थानीय जीवन कटुवालले बताए । ‘हरेक वर्ष सिँचाइको आधार बनेको ड्याम भत्किदा अब उत्पादनमा ह्रास आउने विषयले चिन्तित तुल्याएको छ ।’ कटुवालले सिधाकुरासँग भने । 

Ncell
Extreme Energy

आर्थिक वर्ष २०६६/६७ मा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बिरगञ्जबाट २ करोड ६६  लाखको लगानीमा निर्माण गरिएको उक्त सिँचाइ ड्याम भत्किएपछि तत्काल सम्बन्धित निकायले वैकल्पिक सिँचाइको व्यवस्थापन गर्नुपर्ने किसानको माग छ । असारे धानको बीउ राख्ने बेलामा नै सिँचाइको ड्याम भत्किएका कारण धानको बीउ नै राख्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय कृषक उमेश तिमल्सिनाले बताए । ‘हामीले चादी नदीको पानीलाई सिँचाइको लागि ड्याम निर्माण गरि सिँचाइ गर्दै आईरहेका थियौँ । जसले हामीलाई सहज थियो तर अहिले भत्कियो’, उनले थपे, ‘अब कसरी सिँचाइको व्यवस्थापन हुने हो ? ४ बाली अन्न उत्पादन हुने ठाउँमा अब कसरी बाली लाउने हो ? सम्बन्धित निकायले यथाशीघ्र वैकल्पिक ब्यवस्था गर्नुपर्छ ।’

ड्याम भत्किएपछि गैंडाटार क्षेत्रमा कृषि उत्पादनमा कमी आउन सक्ने भएकाले यथाशीघ्र सिँचाइको वैकल्पिक उपाय निकाल्नुपर्ने स्थानीय नेताको भनाई छ । ‘सिँचाइको समस्या समाधान नभए आन्दोलनमा उत्रनु  बाहेक अर्को विकल्प रहने छैन ।’, नेकपा एमालेका नगर अध्यक्ष शिव आचार्यले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘म त पर्खेको पर्खै छु, बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न...’ नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको...
कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

साल्ट ट्रेडिङले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार ‘एसटीसी सिलिण्डर’ खपत गर्दै आएको जनाएको छ।
एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन,...
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...

भर्खरै