नेभिगेशन
सबै कुरा

काभ्रेमा दुर्घटना : आधा दर्जन बढी सवारी ठोक्किए

काभ्रे । काभ्रेको साँगामा दुर्घटना भएको छ । बुधबार अपरान्ह साँगाबाट बनेपातर्फ गइरहेका सवारी ठोक्किँदा २ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साँगा प्रहरीका अनुसार साँगाको पुतलि घर रिसोर्टको साइटमा दुर्घटना भएको हो । तिव्र गतिमा गइरहेको ट्रकले कारलाई ठक्कर दिँदा सोही गतिमा गइरहेका सवारी एकआपसमा ठाक्किएका हुन् । दुर्घटनामा परि मोटरसाइकल र स्कुटर चालक घाइते भएको प्रहरी नायब निरिक्षक मनकुमार सापकोटाले सिधाकुरासँग बताए । घाइतेको उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको उनले बताए । 

Ncell
Extreme Energy

‘बनेपातर्फ गइरहेका एक मोटरसाइकल, एक स्कुटर, २ कार, १ बोलेरो गाडी र एक मालवाहक ट्रक दुर्घटना भएका हुन्’, उनले थपे, ‘पछाडिबाट गइरहेको मालवाहक ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।’ 

पछाडिबाट गइरहेका सवारीले ठक्कर दिँदा मोटरसाइकल र स्कुटर रोकेर राखेको ट्याङ्करमा ठोक्किएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ ।
अपडेट: त्रिशूली–३ ‘ए’ पुगे गृहमन्त्री गुरुङ, उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा

अपडेट: त्रिशूली–३ ‘ए’ पुगे गृहमन्त्री गुरुङ, उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार अन्तिम चरणमा पुगिरहेका बेला गृहमन्त्री सुधन गुरुङ उद्धारस्थल पुगेका छन् ।
बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

भर्खरै