नेभिगेशन
सबै कुरा

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिलाहरु अग्रमोर्चामा छन्ः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरु अग्रमोर्चामा खटिने गरेको बताएका छन् । 

आजदेखि सुरु भएको एमालेको दुई दिने राष्ट्रिय महिला भेलाको उद्घाटनसत्रमा पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई ध्वस्त बनाउन खोजिएका बेलामा समेत महिला र युवाले पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रने गरेको बताएका हुन् । “तपाईंहरुको सक्रियता, वैचारिक स्पष्टता र दृढ अडानलाई म सलाम भन्न चाहान्छु । तपाईंहरुको यो यात्रा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म निरन्तरता दिनुहोला । त्यसपछि एमालेलाई कसैले हल्लाउन सक्दैन र हामी नेपालको राष्ट्रिय  स्वाभिमानको झण्डालाई माथि उठाएर समाजमा सुशासन दिँदै विकासलाई गति दिन सक्षम हुनेछौँ ”, उनले भने । 

अध्यक्ष ओलीले सानासाना सहकारीको प्रवद्र्धन र उद्यमशीलताको विकास गर्दै समृद्धिमा अगाडि बढ्न आग्रह गरे । उनले हरेक महिलाले केही न केही नयाँ उत्पादन गरेमा नेपालीहरु स्वावलम्बी बन्न सक्ने उल्लेख गर्नुभयो । उनले भने, “लगानी धेरै नगरी पनि उद्यमशीलता बढाउन सकिन्छ । महिला आन्दोलनको एउटा अभिष्ट यो पनि हो । हामी समृद्ध नेपाल, सुखी नेपालको गन्तव्यमा जानुछ, त्यसका लागि तपाईंहरुले आफ्नो ठाउँबाट योगदान दिन सक्नुपर्छ ।” उनले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता भएकै कारण खुसी मान्न नसकिने बताउँदै सामाजिक न्याय र समानताका लागि थप उपलब्धि हासिल गर्न एमाले स्पष्टरुपमा अगाडि बढ्ने उद्घोष गरे । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै